मिलिजुली कालिञ्चोक साकोसको २८ औं बार्षिक साधारणसभाको (कार्यतालिका )

ईश्वर न्यौपाने
दोलखा  । भूमि ब्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय, सहकारी बिभागले २०७८ साल आश्विन ८ गते सहकारी संस्थाहरुको साधारणसभा सञ्चालन विधि बारे सूचना जारी गरे पश्चात् मिलिजुली कालिञ्चोक साकोसले संघिय सहकारी ऐन २०७४, बागमती प्रदेश सहकारी ऐन २०७६, संघिय सहकारी नियामावली २०७५, बागमति प्रदेश सहकारी नियमावली २०७६, सहकारी संस्थाको साधारणसभा (कार्यब्यवस्था) निर्देशिका २०७६ र प्रचलीत कानून बमोजिम साधारणसभा गर्न सूचना जारी गरेको छ । कोभीड महामारी पुर्ण रुपमा नसकिएकोले साधारणसभामा उपस्थित हुँदा पूर्ण सावधानि अपनाउन आफ्ना शेयर सदस्यहरुलाई अनुरोध गर्दै संस्थाको तर्फ बाट पनि भिडभाड कम गराउनको लागि बिभिन्न ठाँउमा साधारणसभा गर्न लागेको देखिन्छ ।
राज्यमा प्रचलित सहकारी ऐन तथा नियमावली बमोजीम सहकारी संस्थाहरुले पौष महिना भित्र साधारणसभा सम्पन्न गरी सक्नु पर्ने प्रावधान भित्र रहि साधारणसभाको मिति तय गरीएको हो । संस्थाले महामारीको अवस्थामा बार्षिक साधारणसभा गर्ने विधि अनुसार साधारणसभा गर्ने तयारीमा रहेको भएपनि संघिय सहकारी बिभागको सुचना पछि साधारणसभाको मोडालिटि परिवर्तन गरी सहकारी ऐन, नियमावली, सहकारी संस्थाहरुको साधारणसभा (कार्यब्यवस्था) निर्देशिका बमोजीम बार्षिक साधारणसभा अगाडि बढाएको छ ।
संस्थाले शेयर सदस्यहरुको घनत्व र स्थानिय पालीका तथा वडाहरुलाई आधार मानी दुई वटा एकाईमा बिभाजन गरी एकाई बिच दुई दिनको अन्तरमा साधारणसभा गर्न लागेको छ । पहिलो एकाईको साधारणसभा २०७८ कार्तिक ४ गते र दोस्रो एकाईको साधारणसभा २०७८ कार्तिक ६ गते गर्दौ छ । संस्थाले गर्न लागेको साधारणसभाको कार्यसूचिहरु समान रहेका छन् । संस्थाले औपचारीकतालाई कम प्राथमिकतामा राखी छलफल कार्यलाई प्राथमिकता दिने भएको छ ।

Back to top button