१९ बर्षको कलिलो उमेरमा प्रदेश सचीव बनेका बस्नेत २४ बर्ष मा जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित

दोलखा  । नेपाली काङ्ग्रेस दोलखाको १४ औं जिल्ला अधिबेशन बाट २४ बर्षको कलिलो उमेरमा राजन बस्नेतले जिल्ला कार्यसमिति सदस्यमा अत्यधिक मत ल्याएर बिजय हासिल गरेको छन् ।
नेपाली काङ्ग्रेसको १३ औं महादिबेशन बाट सम्भवत : नेपाल कै कान्छो १९ बर्षको कलिलो उमेरमै नेपाली काङ्ग्रेस प्रदेश सभा “ख ” को सचीवको जिम्मेवारी सम्हालेका बस्नेत
२०६७ सालमा नेपाल विद्यार्थी संघ कुटिडाडा मा बि को इकाई समिति सभापति ,२०७१ सालमा कालिन्चो उ मा बि इकाई सभापति र २०७३ मा गौरीशंकर बहुमुखी क्याम्पस दोलखाको इकाइ सभापति हुँदै २०७३ सालमा नेपाल विद्यार्थी संघ दोलखाको जिल्ला सह सचीवको भुमिका रहि कार्य गर्दै आएका बस्नेत बाल्यकाल देखि नै विद्यार्थी राजनीतिमा होमिएका हुन्।

१८ बर्षको उमेरमा नै नेपाली काङ्ग्रेस दोलखा बाट कृयाशिल सदस्य प्राप्त गर्न सफल बस्नेत समाजसेवामा समेत आफ्नो प्रभुत्व कायम राख्न सफल मानिन्छन् । बस्नेत भन्छन् राजनीति भनेको ब्यक्तिगत स्वार्थ भन्दा माथि उठि नि : स्वार्थ भावनाले गरीने समाजसेवा हो तर बर्तमान परिपेक्षमा राजनीति लाई एउटा झुन्डले मागी खाने भाडो बनाउदै डन वाद र धन वाद सग तुलना गरि बिकृतीका रूपमा लिइएको देखिन्छ ।

बस्नेत सम्झन्छन् आफुले गरेका सामाजिक कार्य तथा प्राप्त सम्मानहरु
१ . ११ बर्ष को उमेरमा चर्णावती बाल क्लबको सस्थापक अध्यक्ष भइ बालबालिका साथीहरूसगै भलाकुसारी गरि बाल क्लब बाट बामे सर्दै अतिरिक्त क्रियाकलापहरु संचालन गरियो। । जस्तै उदाहरण गाउँ टोल सरसफाइ अभियान ,भित्ते पत्रीका प्रकाशन ,
२. अभिभावकहरु सगको सहकार्यमा दशै ,तिहार आउँदा गाउँ घरमा पिङ थापेर वा हालेर मनोरञ्जनात्मक कार्यमा आज सम्म सक्रिय भैइ लागिदै छ ।
३. बिद्यालयको तर्फबाट अतिरिक्त क्रियाकलापमा सहभागी भैइ प्रथम ,द्दितिय स्थान प्राप्त गर्दै स्कुलको नाम सगै आफ्नो पहिचान बनाउदै ।
४. बिधालयको बाल अधिकार चेतना समुहको अध्यक्ष तथा जुनियर रेड्क्रस सर्कलमा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै विद्यार्थी साथीहरूमा समाजसेवा सिक्ने वा सिकाउने अबसर प्राप्त गरियो ।
५. कक्षा ३ मा कक्षा को लिडर र कक्षा ४ देखि १० कक्षा सम्म स्कुल कमान्ड भइ अनुशासन , इमानदारीताको गतिलो र गहकिलो पाठ सिक्ने वा सिकाउने कार्यको बिकास क्रमिक रूपमा अगाडि बढ्दै गएको ।
६.बि. स. २०६७ साल भाद्र २९ गतेका दिन जिल्ला बाल संजाल दोलखाको सस्थापक अध्यक्षमा निर्वाचित भइ बि .स. २०७२ साल फागुन सम्म बाल क्लब गठन , बालबालिकाहरुले बाच्न पाउने , संरक्षण , बिकास र अर्थपूर्ण बाल सहभागिता को साथसाथै गाँस ,बाँस र कपास उनीहरुको हक ,अधिकार र संरक्षण गर्दै निरन्तर बालबालिकाको प्रतिभा प्रस्फुटनका लागी तन ,मन ,वचन र कर्मले लागी परियो ।
७. मेरै कार्यकालमा ३ दिनको राष्ट्रिय स्थरको राष्ट्रिय बाल साहित्य महोत्सवको आयोजना: दोलखाको कालिन्चोक युवा क्लबको हलमा सम्पन्न ।
८.बि .स.२०७१ सा राष्ट्रिय सुपरीवेक्षण साप्ताहिकको कार्यकारी सम्पादक हुँदै २०७३ सालमा गौरीशंकर पोस्ट साप्ताहिकको कार्यकारी सम्पादक र मध्यान्ह राष्ट्रिय दैनिक को समाचारदाता भइ हाल नव नेपाल टाइम्स अनलाइन पत्रीकाको प्रधान सम्पादकमा कार्यरत भइ, नेपाल प्रेस युनियन दोलखाबाट केन्द्रिय पार्सद जिम्मेवारी लिदै सामाजिक ,आर्थिक ,राजनीतिक ,ऐतिहासिक ,धार्मिक,प्राकृतिक , सास्कृतिक , लगायतका क्षेत्रमा आवाज बिहिनहरु को आवाज र जनताको साझा स्वरलाई कलम मार्फत सत्य तथ्य र निश्पक्ष ढङ्गबाट सुशासन समाज निर्माण गर्न निरन्तर, लेख ,समाचार , प्रकाशित , साथमा रेडियो कार्यक्रमहरु सन्चालन गरिएका ती दिनहरु
९. बि . स .२०७३ मा युवा संजाल दोलखाको सस्थापक अध्यक्ष भइ युवाहरु को अधिकार र कर्तव्य लाई निरन्तर अगाडि बढाउन जिल्ला स्थरीय खेलकुद , सडक नाटक , जनचेतनामूलक कार्यक्रमहरुको आयोजना, युवा सचेतिकरण , युवा भेला , सकारात्मक कार्य गर्न होसियार गर्दै दवावमुलक कार्यक्रमहरु को आयोजना ,जिल्लाभरका विभिन्न ठाउँमा सरसफाइ लगायतका क्रियाकलापहरुको आयोजना ।
१०. युवा साहित्य संजाल दोलखाको अध्यक्ष भइ जिल्लाभरका नव प्रभावान युवाहरुलाई साहित्य सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना तथा साहित्य सम्बन्धि प्रतियोगिताहरु सन्चालन गरियो । ताकी साहित्यिक कृतिहरु समेत बिमोचन गर्दै नेपाली साहित्य को जगेर्ना गर्न अग्रसर  ।
११. जिल्ला बाल कल्याण समिति दोलखाको सदस्य रहि १० बर्ष सम्म अभिभावक बिहिन बालबालिका , असाहय ,दीन दुखी ,अपाङ्ग वा फरक क्षमता भएका बालबालिका हरु पहिचान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै उनिहरुको काड बनाउन सहयोग गर्दै आवाश्यकता अनुसारको ब्यबस्थापन गर्दै अगाडि बढेका थिए ।
१२ . २०७२ सालको महा भुकम्पमा बिस्तापित परिवरलाइ विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाहरु सग समन्वय ,सहकार्य , र सहमति गरि निरन्तर राहत बितरण कार्यमा ४ महिना स्वयंसेवककारी भुमिका निर्वाह गरेका थिए ।
१२. भुकम्प पछि मनोसामाजिक र मनोबैज्ञानिक परामर्श का लागि दोलखाको गाउँ -गाउँ, बस्ती -बस्ती ब्यक्ति विशेषमा पुगेर मनोपरामर्शको तालिम प्रदान  ।
१३. उज्यालो भबिस्य सस्था दोलखा स्थापना गरि सस्थापक अध्यक्ष हुँदै बाल मैत्री स्थानीय शासन र योजना तर्जुमा बालबालिका ,महिला ,युवाको क्षेत्रमा सरकारी तथा गैरसरकारी सस्थाहरु सगको सहकार्य र समन्वय गर्दै महिलाहरुलाइ जिबिको पार्जन कार्यक्रम , केही युवाहरुलाइ स्वदेशमा रोजगारी को अबसर सिर्जना गराउन र सीप सिकाउन प्लमिङ ,मेसिनरी वाल ,लगायतको कार्यक्रमको आयोजना ,बाल भेला र बाल क्लब गठन ,बालबालिकाहरु लाई नेतृत्व बिकास तालिम ,आमा समुहहरुलाइ क्षमता अभि- वृद्धि तालिम ,रेडियो कार्यक्रम लगाएतका क्रियाकलापहरुको आयोजना ।
१४. अभिभावक बिहिन बालबालिकाहरुलाइ खुत्रुकेमा जम्मा भएको रकम बाट झोला ,कपि ,कलम लगायत को स्कुल ड्रेस लगायतको सामाग्री हस्तान्तरण साथमा
बाल अधिकारका लागी राष्ट्रिय बाल संरक्षण अभियान। १४. अभिभावक बिहिन बालबालिकाहरुलाइ खुत्रुकेमा जम्मा भएको रकम बाट झोला ,कपि ,कलम लगायत को स्कुल ड्रेस लगायतको सामाग्री हस्तान्तरण साथमा बाल अधिकारका लागी राष्ट्रिय बाल संरक्षण अभियान नेपाल को केन्द्रिय संयोजक भइ बालबालिकाको अधिकार को निम्ति आवश्यक क्रियाकलाप वा कार्यक्रमहरु को नेतृत्व गर्दै अगाडि बढेका थिए ।
१६. दोलखा जिल्लाकै इतिहासमा पहिलो पल्ट नेपाली कथानक चलचित्र भत्किएको मन बनाउने अबसर सगै निर्माता को जिम्मेवारी बहन गरेका थिए।
१७. तराई पहाड र हिमालमा बाढी पहिरोले क्षति पुर्याउदा सकेको राहत उठाउदै जुटाउदै सम्बन्धित स्थानमा गैइ घाउमा महलम लगाउने प्रयत्न निरन्तर जारी ।
१८ . दोलखाको एक मात्र गौरीशंकर बाल गृहमा ६ महिना नि शुल्क स्वयंसेवक भइ बालबालिकाहरु सगको अनुभव साटासाट गर्ने अवसर प्राप्त ।
१९. सामुदायिक मेलमिलाप कर्ता भइ मिल्न वा मिलाउन हुने ३ दर्जन भन्दा बढी बिवाद पहिलो पक्ष र दोश्रो पक्ष दुबैको जित हुने गरी मेलमिलाप गरेका ।
२०. महिला तथा बालबालिका हिंसा न्यूनीकरण कार्यकारीणि समिति दोलखाको को कोषअध्यक्ष हुँदै जिल्ला प्रहरी कार्यलय दोलखाको महिला सेल को भवन निर्माण , महिला हिंसा न्यूनीकरण सम्बन्धि जिल्लाभर जनचेतनामूलक कार्यक्रमहरुको आयोजना ।
२१ . चर्नावती सामुदायिक बन उपभोक्ता समुहको को सचीव हुँदै सामुदायिक बन उपभोक्ता महासंघ भीमेश्वर को कोषअध्यक्ष भइ प्रकृति र बाताबरण सम्बन्धि लामो कार्य अनुभव बन क्षेत्र गस्ती ,अबलोकन भ्रमण , जरीबुटु को पहिचान , जंगली जनावर र पसुपन्छी सम्बन्धि अपुग ज्ञान , बृक्षा रोपण , झाडी एकल्याउने पत्याउने लगायत कार्य सम्बन्धि जानकारी ।
नेपाल विद्यार्थी संघ दोलखाको सह सचीव हुँदै २२ बर्षको उमेरमा नेपाली काङ्ग्रेस दोलखा प्रदेश सभा ख सचीव भइ राष्ट्रियता ,प्राजातन्त्र समाजवाद, विद्यार्थी एकताको पक्षमा निरन्तर कार्य गरेका थिए।
२२. जेष्ठ नागरिकहरुलाई सम्मान , फलफूल बितरण , उहाँहरुको कुराहरु सुन्ने अनुसरण गर्ने ऐतिहासमा के भएको थियो उहाँहरुको सकारात्मक सल्लाह सुझाव र प्रतिक्रिया लिने उहाँहरुको समस्या पहिचान गरि सम्बन्धि सरोकारवाला निकाय सम्म ? मन्त्रालय बाट प्रेस प्रतिनिधि काड प्राप्त , सरकारी तथा गैरसरकारी संघसस्था बाट प्राप्त स्थानीय तथा राष्ट्रिय गरी १२ दर्जन भदा बढी सम्मान पत्र ,प्रसम्शा पत्र ,ताम्रा पत्र , धन्यवाद पत्र कदर पत्र प्राप्त ।
२५. आर्थिक पत्रीका पुरस्कार २०७७ बाट सम्मानित
साथमा प्रदेश न:३ कै पहिलो भीमेश्वर नगरपालिका बालमैत्री स्थानीय शासन घोषणामा अग्रनु भुमिका निर्वाह ::
२६. सहयोगापेक्षि सडक मानव मुक्त जिल्ला बनाउने अभियान अन्तर्गत २१ जना मानिसको उद्धार तथा ब्यबस्थापन

Back to top button