रास्ट्रपति रनिङ शिल्ड जित्ने जनप्रभात माबिका विद्यार्थीहरु सम्मानित

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका २ झुलेमा रहेको जनप्रभात माध्यमिक बिधालयले रास्ट्रपति रनिङ शिल्ड जित्ने विद्यार्थी खेलाडीहरुलाई सम्मानित गरेको छ ।

शनिबार बिधालयले आयोजना गरेको बिजया दशमीको शुभकामना आदानप्रदान तथा सम्म्मान कार्यक्रममा केहि महिना अगाडि तामाकोसी गाउँपालिकाले आयोजना गरेको बिधालय स्तरीय तेस्रो रनिङशिल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका आफ्ना विद्यार्थी खेलाडीलाई नगद, ट्र्याकसुट र खादामाला सहित सम्मानित गरेको हो ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशङकर चौलागाईंको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा कार्यक्रमको अध्यक्षता बिधालय ब्यवस्थापन समितिका अध्यक्ष इश्वर कार्कीले गरेका थिए भने विशेष आतिथ्यता वडा अध्यक्ष हर्क बहादुर योन्जनले गरेका थिए।
कार्यक्रम बोल्दै अध्यक्ष चौलागाईंले जनप्रभात माद्यामिक विधालयलाइ सन्चार माध्यमको मार्फत बाट आफुहरु जुनसुकै सहयोग गर्न तयार रहेको बताए । केही महिना भित्रै बिद्यार्थीको लागि बिशेष सहयोग लिएर पुन बिधालय आउने अध्यक्ष चौलागाईंले प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै बिब्यस अध्यक्ष कार्किले बिधालय संस्थापन गर्ने स्व. भिम बहादुर तामाङलाई सन्झना गर्दै आफू अध्यक्ष भएसगै बिधालयमा विभिन्न सहयोगहरु आउने क्रम बढ्दै गएको र बिधालयको हितका लागि काम गर्न कुनै कसुर नराख्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष हर्क बहादुर योन्जनले बिधालयको बिकासका लागि आफुले गाउँपालिका बाट प्राथमिकता साथ बजेट बिनियोजन गरि बिकासमा कुनै कमि हुन नदिएको बताए ।

कार्यक्रममा बिद्यालयका भुमिदाता स्व.प्रेमध्वज कार्किकी बहिनी टिकादेबी कार्कीले स्वर्गीय दाइको नाममा एक लाखको अक्षय कोषको स्थापना गर्ने घोषणा गरेकी छिन ।

बिधालयमा लाई खेलकुद सामाग्री, ट्र्याकसुट लगायत १ लाख ५० हजार बराबरको सामाग्री सहयोग गर्ने नेपाली काङ्ग्रेसका युवा नेता तारा खड्का लगायत विभिन्न राजनीतिक तथा सामाजिक ब्यक्तिहरुलाइ विशेष धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको बिधालयले जनाएको छ।

कार्यक्रममा बिधालय प्र अ गायत्री शिवाकोटी एभिन्युज टेलिभिजनका पत्रकार सुजन काफ्ले सहित विभिन्न ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

Back to top button