बागमती प्रदेश सदस्यमा दोलखाका सुदर्शन कार्कीको उम्मेदवारी घोषणा , को हुन सुदर्शन कार्की ?

दोलखा । नेपाली कांग्रेस बागमती प्रदेश सदस्यमा दोलखाका सुदर्शन कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
दोलखा प्रदेश ‘क’बाट अत्याधिक मत सहित विजयी भएका कार्की प्रदेश सदस्यमा ‘भुगोल’ तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एक महिना अगाडि देखि नै प्रदेश कार्यसमितिका लागि तयारी गरिरहेका कार्की बाग्मती प्रदेशको सबै जिल्लाका प्रतिनिधिहरु सगनिरन्तर परामर्शमा गरिरहेका छन ।
प्रदेश पदाधिकारी र कार्यसमितिका लागि
नेपाली काङ्ग्रेसको प्रभावशाली र क्षमतावान नेताको छवि बनाएका कार्की प्रदेश कार्य समिती सदस्यमा बलियो उम्मेदवार हुन।
मंसिर १६ र १७ गते हेटौंडामा बाग्मती प्रदेशको अधिवेशनमा भाग लिनका लागि दोलखाबाट दर्जनभन्दा बढि नेताहरु दौडधुपमा छन् । विधानअनुसार भुगोल तर्फबाट दोलखाका एक महिला सहित दुई जना कार्य समिति सदस्य बन्नेछन् ।

को हुन सुदर्शन कार्की ?

स्व.भिम बहादुर तमाङसंगै जेल बसेका र तामाङ जिल्ला कार्यसमितिका सभापति हुँदा जिल्ला कार्य समितिका सदस्य बनेर २०३६ सालमा” जाग जाग नेपाली दाजुभाइ लाग लाग बहुदल ल्याउनलाई अभियान्ता तोरण बहादुर कार्किका जेठा छोरा सुदर्शन कार्की तामाकोसी गाउँपालिका- २ झुलेमा सामान्य परिवारमा हुर्किएका थिए ।

विभिन्न बिद्यालयमा शिक्षण गराउदै कार्की उद्योग बाणिज्य संघ जिरी शाखाका अध्यक्ष हुदै दोलखा उद्योग बाणिज्य संघका महासचिव समेत भएका थिए । उद्योग बाणिज्य संघका उपाध्यक्ष हुदै अध्यक्ष भएका कार्की नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य हाल नेपाल उद्योग बाणिज्य महासंघको उद्योग बाणिज्य परिषदका उपसभापति रहेका छन । फ्रेन्डसिप वचत तथा ऋण सहकारी संस्था जिरीको संस्थापक सदस्य ,कोषाध्यक्ष , सचिव , सल्लाहकार , झुलेमिलन वचत तथा ऋण सहकारी संस्था लि झुलेको संस्थापक अध्यक्ष हुँदै दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघको अध्यक्ष भएका थिए । तत्कालीन कालिन्चोक डेभलपमेन्ट बैंकको २ कार्यकाल डाइरेक्टर रहेका कार्की नेपाल पेट्रोलियम डिलर्स एशोशिएसन बाग्मती प्रदेश सहसचिव हुँदै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनको केन्द्रीय सदस्य भएका उनी हाल वाग्मती प्रदेश संयोजक रहेका छन।
नेपाली काङ्ग्रेस सक्रिय राजनितीमा रहेका कार्की १३औं अधिबेशन अत्याधिक मत ल्याएर जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए।

Back to top button