काङ्ग्रेसले निर्वाचन जिते मात्र लोकतन्त्र संस्थागत हुन्छ : केन्द्रिय सदस्य काफ्ले

दोलखा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले काङ्ग्रेसले निर्वाचन जिते पछि मात्र लोकतन्त्र संस्थागत हुने बताएका छन ।
नेपाल शिक्षक संघ बिगु र गौरीशंकर गाउँपालिकाको दोस्रो स्थानीय अधिबेशनलाई सम्बोधन गर्दै काफ्लेले सो कुरा बताए ।

शिक्षकहरुको एजेन्डा र समस्याहरु समाज सग जोडिनुपर्ने बताउदै काफ्लेले समाजको परिवर्तनका लागि शिक्षकहरुको आवस्यकता रहेको बताए।
राज्यबाट पाउने सुबिधा कसैले रोक्न नसक्ने बताउदै काफ्लेले शिक्षक समाज रुपान्तरण गर्ने ब्यक्ती भएको बताए । शिक्षकले विद्यार्थीलाई पुस्तक पढाउने मात्र हैन लोकतन्त्र र संबिधानको बारेमा पनि विद्यार्थी र समाजलाई पढाउनुपर्ने बताए।

कार्यक्रममा शिक्षक संघ दोलखाका उपाध्यक्ष उदप खड्काले स्थानिय तहले शिक्षक सग सहकार्य गरेर जानू पर्ने बताए। स्थानिय तहले शिक्षकहरुको समस्या नबुझेको बताए।

नेपाली काङ्ग्रेसका नेता कुमार भुजेलले विद्यार्थीको मात्र हैन देशको भबिस्य पनि शिक्षकको हातमा रहेको बताए।
शिक्षकहरुको हक र अधिकारका लागि लडन नेपाली काङ्ग्रेस जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

नेपाली काङ्ग्रेस बिगु गाउँपालिका सभापति हेमराज तामाङले शिक्षकहरुको समस्या बारे पार्टीमा कुनै गुनासो नआएको बताए । बिद्यालयहरु शिक्षकहरुको अधिकारका लागि आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने बताए
शिक्षक संघ बिगु गाउँपालिकाका अध्यक्ष केदार खत्रीको अध्यक्षता भएको कार्यक्रमका शिक्षक संघका प्रतिनिधि लगायतको उपस्थितिमा सप्पन्न भएको थियो ।
अधिबेशनले बिगु र गौरीशंकर गाउँपालिकाको नयाँ कार्यसमिति समेत छनोट गर्ने भएको छ।

Back to top button