एमाले दोलखाको उपाध्यक्षको दौडमा लोकप्रिय नेता कृष्ण बस्नेत

दोलखा । नेकपा एमाले दोलखाको उपाध्यक्षमा कृष्ण बस्नेतले उम्मेदवारी दिएका छन ।

एमाले दोलखाको राजनीतिमा  लामो समयदेखि सक्रिय रहेका  बस्नेतले उम्मेदवारि दिएका हुन ।
एमाले दोलखाको उपाध्यक्षको दौडमा रहेका बस्नेतले ०४३ सालबाट एमालेबाट राजनीतिक यात्रा सुरु गरेका  थिए । बस्नेत अब्बल कानुन ब्यवसायीको रुपमा  समेत स्थापित रहेका छन। बस्नेतले  जिल्लाकै ठूलो मानिने गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटको क्याम्पस प्रमुखको रुपमा लामो समय कुशलतापुर्वक काम गरि कार्यकाल सफल रूपमा  सम्पन्न गरेका थिए ।
०५५/०५६ सालदेखि नागरिक  समाज दोलखाको अध्यक्ष भएर नागरिक आन्दोलनको अगुवाइ गरि ०६२/६३ सालको जन-आन्दोलनमा दोलखालि नागरिकहरुको हक हित र अधिकारको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
जिल्लामा अब्बल कानुनी अधिवक्ताका रुपमा स्थापित भएका बस्नेत नेपाल बार एसोसिएसन दोलखाको समेत अध्यक्ष भइ  सफलतापुर्वक कार्यकाल सप्पन्न गरेका थिए ।
गौरीशंकर सामुदायिक पुस्तकालयको अध्यक्ष रहेर जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएका बस्नेत हाल नेकपा एमाले दोलखाको  सचिवालय सदस्य रहेका छन ।
जिल्लामा बैचारिक नेताका रुपमा  छवि बनाएका बस्नेत लोकप्रिय नेताका रुपमा परिचित छन।

पार्टी कार्यकर्ता र जनताको पक्षमा सधैभरी आवज बुलन्द बनाउन सक्ने क्षमता भएका बस्नेत दोलखा एमालेको उपाध्यक्षमा बलियो उम्मेदवारको रुपमा देखिएका छन।

बिधि बिधान र पद्धति जोगाउन र समग्र जिल्लाको बिकासका लागि आफुलाइ अमुल्य मत दिएर उपाध्यक्ष पदमा बिजयी गराउनुहुन सम्पुर्ण प्रतिनिधिहरुलाइ बस्नेतले आग्रह गरेका छन।

Back to top button