दावासाङगे शेर्पाको आर्थिक सहयोगमा थामिचाँगुका २ सय ५० जनालाई ज्याकेट बितरण

दोलखा । विगु गाउँपालिका ८ थामिचाँगुका २ सय ५० जनालाई न्यानो ज्याकेट बितरण गरिएको छ । थामिचाँगुका जेष्ठ नागरिक,अपांग, दलित बालबालिका हरुलार्ई न्यानो ज्याकेट बितरण गरिएको हो ।
नेपाली कांग्रेस दोलखाका सचिव दावासाङगे शेर्पाको आर्थिक सहयोगमा ज्याकेट वितरण गरिएको नेपाली कांग्रेस वडा कार्यसमिती थामिचाँगुले जानकारि दिएको छ । निशुल्क ज्याकेट पाएपछि जेष्ठ नागरिक र बालबालिकाहरुमा खुसि छाएको स्थानियवासिले बताएका छन । भर्खरै सम्पन्न भएको नेपालि कांग्रेसको १४ औं महाथिवेशनमा अत्याथिक मतका साथ जिल्ला सचिवमा विजयी भएका शेर्पाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन ।
नेपालि काग्रेस दोलखाका सभापति बर्मा लामाको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको भव्य उपस्थितिमा ज्याकेट वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

Back to top button