परिणाम देखिने गरी चुनावमा होमिन प्रचण्डको निर्देशन

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा शुक्रबार बिहान बसेको पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको हो ।           उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दावी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताएको एक स्थायी समिति सदस्यले जानकारी दिए । तालमेलको विषय मिलाउन गाह्रो–गाह्रो छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यवहारिक रुपमा मिलाउन गाह्रो छ ।’ प्रचण्डले कांग्रेससँग सकेसम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा हुने बताएका थिए। ‘कांग्रेससँग सकेसम्म बार्गेनिङ गर्ने हो,’ प्रचण्डको भनाइ थियो,जति हुन्छ लिने, नभए प्रष्पिर्धा गर्ने हो।’पूर्व स्थायी समिति सदस्य कृष्णबहादुर महराले सकेसम्म गठबन्धनमा तलसम्मै तालमेल गरेर जाने विषयमा छलफल भएको बताए। ‘चुनबारे अध्यक्षले ब्रिफिङ गर्नुभयो,’ महराले भने, ‘गठबन्धन समेसम्म तलसम्म गरेर जाने भन्ने कुरा उहाँले राख्नुभयो । तलबाट आएको रिपोर्ट अनुसार माथिबाट टुंग्याइन्छ भनेर उहाँले भन्नु भएको छ।’- Online khbar

Back to top button