यस कारण इश्वरलाई भोट, जसले जनप्रभातबाट विकासको रेखा कोरे

चरिकोट । आफ्नो गाउँ कस्तो बनाउने र पाँच वर्षका लागि कस्ता व्यक्तिलाई वडा र गाउँपालिका जिम्मा दिने भन्ने अग्निपरिक्षाको अन्तिम तयारी भइरहेको छ । स्थानीयहरुको भाग्य र भविष्यसँग जोडिएको यो निर्वाचनमा स्थानीयहरुले प्रत्यक्ष रुपमा सहभागि भएर आफ्नो नेतृत्व चयन गर्न पाउने छन् । त्यहि नेतृत्व छनौटका लागी बैंशाख ३० गते मुलुकभरका स्थानीय तहमा एकै साथ निर्वाचन हुँदैछ ।
निर्वाचन नजिकिदै जादा विभिन्न पार्टिले आफ्ना उम्मेद्धवारहरु चयन गरेर घरदैलोमा पठाइरहेका छन् । मतदाताहरुको मन जित्नका लागि र आफ्नो पक्षमा भोट खसाल्न प्रभावित बनाउनका लागि विभिन्न एजेण्डाहरु लिएर घर दैलो गरिरहेका छन् नेताहरु अहिले । स्थानीय निर्वाचनको माहोलले यति बेला दोलखा पनि अछुतो रहन सकेको छैन । सबैको ध्यान अहिले जिल्ला ,नगर,गाउँ र वडामा केन्द्रित छ । केहि ठाउँमा राजनीतिक दल बिच गठनबन्धन भएको छ भने केहिमा सिंगल सिंगल भिडिरहेका छन् । यहि माहोलका बीच दोलखाको तामाकोशी गाउँपालिका २ झुलेको राजनीतिक माहोलले जिल्लाका धेरै नेताहरुको ध्यान तानेको छ ।
किन कि सो वडा स्व.भिमबहादुर तामाङको गाउँ हो । जहाँ २०५४ साल बाहेकको निर्वाचनमा सधै नेपाली काँग्रेसले जित हासिल गर्दै आएको छ । स्थानीय तहको निर्वाचन होस या संसदीय निर्वाचन ,सबै निर्वाचनमा काँग्रेसकै बहुमत भोट आउने झुलेमा यो पटक केहि पृथक र रोचक राजनीतिक भिडन्त सुरु भएको छ । अहिले सो वडामा नेपाली काँग्रेस,नेकपा एमाले र स्वतन्त्र उम्मेद्धवारले कैची चिन्ह लिएर निर्वाचनमा होमिएको छ । कैचीकै कारण अहिले झुलेको राजनीतिमा केहि फेरबदल आएको छ । जसले यस अघिका निर्वाचनमा काँग्रेसलाई अत्याधिक भोट ल्याउन सहयोग गरे तीनै व्यक्तिहरु अहिले कैची चिन्हमा भोट मागेर हिडिरहेका छन् ।
वडा अध्यक्ष छनौटका लागि स्थानीय स्तरबाट व्यापक जनसर्मथन पाएका इश्वर कार्कीलाई पाखा लगाएर हालका पार्टि सभापति प्रकाश पाख्रिनलाई टिकट दिएपछि काँग्रेस भित्रकै असन्तुष्ट पक्षहरुले कार्कीलाई स्वतन्त्र उम्मेद्धवारको रुपमा अघि सारेका छन् र घरदैलो गरिरहेका छन् । कार्कीको पक्षमा अहिले सिंगो गाउँ समितिनै उर्लिएको देखिन्छ । वडा उपसभापति,सचिव,सहसचिव,कोषाध्यक्ष लगाएत महाधिवेशन प्रतिनिधि र २३ जना क्षेत्रिय प्रतिनिधिहरुको साथ कार्कीलाई छ । त्यति मात्र हैन, नेपाली काँग्रेस तामाकोशी गाउँपालिकाका उपसभापति,सचिव र सहसचिवको सर्मथन पनि कार्कीलाई नै रहेको छ । यसरी हेर्दा स्व.नेता तामाङकै गाउँमा स्वतन्त्र उम्मेद्धवार खडा हुने अवस्था किन आयो भन्ने समिक्षा हुन बाकी नै छ ।
किन कैचीमा भोट
स्थानीय तहको निर्वाचनबाट आफुले चाहेको र भनेको मान्छेलाई छनौट गर्नुपर्छ । जसको कारण स्थानीयहरुको साना साना समस्याहरु तत्कालै समधान गरिदियोस र विकासका बाटाहरु खुला गरिदियोस भन्ने चाहना सबैको हुन्छ । गाउँ गाउँमा सिंहदरबार भन्ने नारालाई व्यवहारमा उतार्नका लागि यो पटक झुलेबासीहरुले कैचीमा भोट हाल्नु पर्ने छ ।
उनै कार्की हुन जसले जनप्रभात मावि झुलेको अध्यक्ष रहदै गर्दा विद्यालयको स्वरुपनै परिवर्तन गरिदिएका छन् । गाउँ गाउँमा विद्यार्थीको अभाव भइरहेको बेला विद्यालयहरु बन्द हुने र मर्जमा जानु पर्ने बाध्यतालाई चिर्दै उनको नेतृत्वमा दुई वटा सुविधा सम्पन्न भवन निर्माण गरि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिँदै आएका छन् । ०७० सालबाट विद्यालयको नेतृत्व लिएका कार्कीले जिर्ण विद्यालयको स्वरुपनै परिवर्तन गरि तामाकोशी गाउँपालिकाकै नमुना विद्यालयको रुपमा जनप्रभातलाई स्थापित गराएका छन् । सिमित श्रोत साधानको बावजुत पनि उनले विद्यालयलाई मजबुत मात्र बनाएनन् सबै विद्यार्थीहरुको आकर्षणको केन्द्रको रुपमा समेत बनाउन सफल भएका छन् ।
विभिन्न निकायहरुसँगको सहकार्यमा परियोजनाहरु ल्याएर विद्यालयमा भौतिक पूर्वधार सहित विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्रीहरु समेत जुटाएका छन् । जसको कारण टाढा टाढा देखि अध्ययनका लागि सोही विद्यालयमा आउने गरेका छन् । उनि विद्यालयको अध्यक्ष भएर आएपछि ३ वटा मावि र २ वटा प्रावि दरबन्दी समेत थप गराएका छन् । अन्य विद्यालयमा विद्यार्थीहरु कम भएर धमाधम दरबन्दी काटिरहेको बेला जनप्रभातमा भने दरबन्दी थपिदै गएको हो । माध्यमिक तहसम्म अध्ययन हुँदै आएको सो विद्यालयमा अहिले २४० जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । जुन सो गाउँपालिका र वडा भित्रका विद्यालयहरुको हेरेर धेरै विद्यार्थी हो । विद्यार्थीहरुका लागि साइन्स ल्याबको समेत व्यवस्था गरिदिएका छन् ।
सामान खरिदको कमिशन विद्यालयकै खातामा
उनि अध्यक्ष भएर आएपछि विद्यालयमा दुई वटा पक्कि भवन निर्माण भएको छ । हुन त भुकम्पपछि पुर्ननिर्माण भएको हो । एउटा भवन ९३ लाखको र अर्को ६२ लाख रुपैयाँमा निर्माण भएको हो । ती भवनहरु निर्माणका लागि खरिद गरिएका सामानहरुमा आउने कमिशन विद्यालयकै खातामा गराउँदै आएका छन् । त्यस बाहेक अन्य शैक्षिक सामाग्रीहरु होस या सौचालय र तारबार लगाउँदका आएका कमिशनहरु सबै पारदर्शी रुपमा शिक्षकहरुलाई जानकारी गराएर विद्यालयकै नाममा राख्दै आएका छन् । ’सामानहरु किन्दा आउने छुट र कमिशन मैलै सधै विद्यालयकै नाममा गरेको छ,अध्यक्षका उम्मेद्धवार कार्कीले भने,कति छुट पाएको र कमिशन कति आयो भन्ने जानकारी विद्यालयमा काम गर्न आउनेहरुले पनि थाहाँ दिने गरेको छु‘ । त्यति मात्र हैन, अध्यक्ष कार्कीले विभिन्न सघंसस्थाहरुले बैंठक र सेमिनारहरुमा दिने भक्ता रकम समेत विद्यालयको सहयोग बक्समा राख्दै आएका छन् । जुन रकम गरिब जेहेन्दार विद्यार्थीहरुको अध्ययनमा खर्च गराउँदै आएका छन् ।
उनकै नेतृत्वमा त्यहाँ दुई वटा सुविधासम्पन्न सौचालय निर्माण गरिएको छ भने २० हजार लिटर क्षमताको अन्डरग्राउण्ड पानि ट्याक्की समेत निर्माण गरिएको छ । ती सबै कामको एक एक हिसाव उनले त्यहाँ काम गर्नेहरु,शिक्षक शिक्षिकाहरु र सर्वसाधारणलाई गराएका छन् ।
विकासका नाममा आउने बजेट पार्दर्शी रुपमा खर्च गर्ने र गुणस्तरीय काममा ध्यान दिने भएकैले उनलाई नै अध्यक्षका रुपमा अघि सार्दै माहोल उनि तर्फ मोडिएको त्यहाँका स्थानीयहरु बताउछन् ।
यीनै उदाहरणीय कामबाटै थाहाँ हुन्छ कि आगामी निर्वाचनमा कसलाई भोट दिएर आफ्नो वडाको साचो हस्तान्तरण गर्ने भन्ने । जसले अरुले दिएको बजेटलाई यसरी राम्रोसँग व्यवस्थापन गर्न सक्छन् भन्ने त्यस्ता व्यक्तिलाई सिंगो गाउँको चावि सम्हाल्ने मौका किन नदिने भन्ने प्रश्नहरु अहिले उठ्न थालेको छ । जसको कारण कार्कीको टिमको पक्षमा जनलरह उर्लिएको छ । यो लहर ३० गते मतदान स्थलसम्म पुगेर कैचीमा भोट हाल्ने स्थीतिमा सम्म कायम रहन्छ वा रहदैन भन्ने अर्को विषय हो । त्यसलै हामीलाई जो गाउँमै बस्छ ,गाउँकै विकासमा तत्लीन रहन्छ त्यस्ता व्यक्तिलाई भोट दिन आवश्यक छ ।
कार्कीको टिममा को को ?
कार्कीको टिममा खुल्ला सदस्यका लागि नेपाली काँग्रेस झुलेका निर्वतमान सभापति नानी काजी तामाङ र कृपध्वज कार्की,महिला सदस्यका लागि इन्दिरा कार्की र दलित महिला सदस्यका लागि संगिता विक चुनावी मैदानमा छन् ।

Back to top button