स्वतन्त्र उम्मेदवार कार्की जसलाई पार्टीले पत्याएन ,मतादाताले पत्याए

दोलखा । तामाकोसी गाउँपालिका–२ मा वडाध्यक्ष उम्मेदवारको आकांक्षा देखाएका पुराना नेता इश्वर कार्किलाई कांग्रेसले टिकट दिएन। सामाजिक क्षेत्रमा क्रियाशील उनी बलियो जनाधार भएका स्थानीय नेता थिए। तर, कांग्रेसले प्रकाश पाख्रीन लाई उम्मेदवार बनायो।पार्टीले टिकट नदिए पनि कार्किले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर बाजी मारेका छन्। ‘छरछिमेकी दाजुभाइको समर्थन थियो। त्यही बलले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको थिएँ’, उनले भने, ‘उहाँहरूकै साथमा आज जित हासिल गरेको छु।’

चुनाव चिह्न कैची पाएका थिए कार्किले । अध्यक्ष सहित टिमको उम्मेदवारी दिएर निर्वाचनमा होमिएका उनिहरुलाइ स्थानीयहरुको समर्थन बढ्दै गएको थियो। स्वतन्त्र उम्मेदवारी दिएका कार्की सहित वडा सदस्य उनिहरुको प्रस्तावक समर्थक सहित उनको समर्थन गर्ने जिल्ला नेताहरुलाइ काङ्ग्रेसले निष्कासन समेत गरेको थियो । उनलाई कारबाहीले कुनै प्रभाव पारेन।

 

Back to top button