वडा अध्यक्ष शान्त जिरेलको पहलमा मृगौला पिडित श्रेष्ठलाइ ५० हजार सहयोग

दोलखा । बैत्यश्वर -८ क्षेत्रपाका वडा अध्यक्ष शान्त बहादुर जिरेलको पहलमा मृगौला पिडित केदार श्रेष्ठलाई ५० हजार २ सय रुपैयाँ सहयोग गरिएको छ।
बैत्यश्वर – ८ क्षेत्रपाको क्षेत्रवती माध्यमिक बिधालयबाट ०६३ सालमा एसएलसी उतिर्ण गरेर विभिन्न ठाउँमा पेशा ब्यवसाय गर्दै आएका ब्यक्तिहरुले सो रकम सहयोग गरेका हुन। क्षेत्रपा घर भइ काठमाडौ बस्दै आएका २८ वर्षीय मृगौला पीडित श्रेष्ठको आर्थिक अभावका कारण उपचारमा समस्या हुँदै आएको थियो । युवा उमेरमै मृगौलाले काम नगर्ने भएपछि उपचार गर्न समस्या भएकाले थप सहयोगको लागि सहयोगी दाताहरुसँग श्रेष्ठले अनुरोध समेत गरेका छन ।

बर्षौ देखि मृगौलाको उपचार गर्दै आएका श्रेष्ठको महंगो उपचार खर्चका कारण दैनिक गुजारा चलाउनै मुस्किल रहेको बताएका छन् । आइतबार क्षेत्रपाका वडा अध्यक्ष जिरेलले मृगौला पिडित श्रेष्ठको काठमाडौ बस्दै आएको घरमा नै पुगेर सहयोग रकम पिडितलाइ हस्तान्तरण गरेका थिए ।

Back to top button