तामाकोसी गाउँपालिकाका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण तथा उपचार सेवा सुरु

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण तथा उपचार सेवा सुरु गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ५ शहरेमा रहेको जन जाग्रीती माध्यमिक बिधालय बाट सो सेवा सुरु गरेको हो ।सोमबारबाट सुरु गरिएको कार्यक्रममा १ सय ६७ जना विद्यार्थीहरुको आँखा,मुख, नाक,कान,घाटिको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले बताए ।

परिक्षण गरिएको विद्यार्थी मध्ये १२ जनामा दृस्टी समस्या र अधिकांशमा कानेगुजि पाक्नेको समस्या देखिएको स्वास्थ्य संयोजक मिश्रले बताए ।

स्वास्थ्य संयोजक मिश्रका अनुसार आखाको समस्या भएका लाई चस्मा लगायतका आबश्यक स्वास्थ्य सामाग्री गाउँपालिकाले निशुल्क प्रदान गर्ने छ ।

दोलखा लाइन्स आँखा केन्द्रका आँखा विशेषज्ञ बिप्लप खड्का, तामाकोसी अस्पताल मालुका डाक्टर रोबिस कार्की ,लगायत एक दर्जन स्वास्थ्यकर्मिकोको टोलिबाट विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गराइएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य परिक्षण कार्यक्रम मंगलबार र बुधबार महेन्द माध्यमिक बिधालय च्यामा र अमर अमर माध्यमिक बिधालय झुलेमा सन्चाल गरिने र आगामी बर्ष गाउँपालिकाका सबै बिधालय सो कार्यक्रम सन्चालन गर्ने उदेश्य रहेको गाउँपालिकाले जनाएको छ ।

Back to top button