लोकेन्द्र भण्डारिले अनाथलयका बालबालिका सँग मनाए आफ्नो जन्मदिन

दोलखा । प्रहरी जवान लोकेन्द्र भण्डारिले आफ्नो जन्मदिन अनाथलयका बालबालिका सँग मनाएका छन ।
सिन्धुली तिनपाटन घर भइ हाल ट्राफिक प्रहरी कार्यालय दोलखामा कार्यरत रहेका भण्डारिले गौरीशंकर बालगृहका बालबालिका सँग आफ्नो जन्मदिन मनाएका हुन ।
भण्डारिले केक काटेर जन्मदिन मनाउदै बालबालिकाहरु खाना खुवाएका थिए ।

आफ्नो कमाइको केही रकम सामाजिक कार्यमा खर्च गर्ने उदेश्यका साथ जन्मदिन यो बर्ष बालगृहका बालबालिका सँग मनाएको भण्डारिले बताए ।

सालिन र इमानदार स्वभावका भण्डारि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन ।

Back to top button