तामाकोसी गाउँपालिकाको शहरेमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका-५ शहरेमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा शहरे हेल्थ पोस्टमा स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

शिबिरमा ७२ जनाको स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले बताए ।

शिबिरमा स्त्री रोग सम्बन्धि तथा VIA जाँच USG, LAB सेवा सहित को परिक्षण तथा उपचार सेवा गरिएको संयोजक मिश्रले बताए ।
प्रो. डा सुमन कर्माचार्य, डा. रोबिस कार्की लगायत स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

Back to top button