एमाले दोलखा द्वारा ४८ जनाको नाम सिफारिस

चरिकोट भदौ २२ गते
नेकपा एमाले दोलखाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि ४८ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेको जिल्ला कमिटिको बैठकले सो नाम केन्द्रमा पठाउने निर्णय गरेको हो । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दोलखामा एमालेले प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक गरेर १६ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरुमा प्रतिनिधि सभमा प्रत्यक्ष तर्फ पुर्व मन्त्रीहरु आनन्द पोखरेल र पार्वत गुरुङ , सरस्वती बस्नेत, रचना खड्का इश्वरचन्द्र पोखरेल, शान्ति पाखृन ,श्याम बस्नेत र भरत दुलालको नाम सिफारिस गरिएको नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । त्यसैगरी प्रतिनिधि सभामा समानुपातिकमा इश्वरी रिजाल, जितबिर लामा, उर्मिला थामी दिब्यध्वज कार्की , रोचकुमारी चौलागाईं ,शारदा राना भुजेल, सहदेव खड्का र हर्कमान पाखृनको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दोलखामा प्रदेश सभा ( क) बाट प्रत्यक्षमा नर बहादुर श्रेष्ठ, जिवसराज खड्का, टङ्क जिरेल र बिदुर शर्माको नाम सिफारिस गरिएको छ भने, समानुपातिक तर्फ अम्बिका गोले, उर्मिला सुनुवार, शान्तीकुमारी तामाङ, लछ्मण बाडा गुभाजु,सुन्दर कार्की ,नबिना तामाङ गोले, डिल्लीध्वज बराइली , हरि बहादुर जिरेल रामबहादुर श्रेष्ठ , मिङ्ममा शेर्पा र रमेश सुनुवारको नाम सिफारिस गरिएको उपाध्यक्ष मानन्धरले बताउनुभयो ।
प्रदेश सभा (ख) मा प्रत्यक्षमा लालकुमार केसि, बालकृष्ण शिवाकोटी , भरत केसि , डबल पाण्डे,र कैलाश श्रेष्ठको नाम सिफारिस गरिएको छ भने, चिरञ्जीवी मास्के , कालिका पाठक, ठुला थामी, कृष्णकुमारि थामी ,थिरबहादुर मोक्तान ,दिनेश बस्नेत,टेक बहादुर घतानी पार्वती खड्का, जानुका न्यौपाने ,कृष्ण बहादुर श्रेष्ठ,मेनुका सुवेदी र राधिका वलि शिवाकोटीको नाम सिफारिस गरिएको दोलखा एमालेले जनाएको छ ।

Back to top button