भिरकोटको माझी बस्तीमा सुक्खा पहिरो ,११ घरपरिवार विस्थापित

चरीकोट, भदौ २२ गते
जिल्लाको तामाकोसि गाउँपालीका १ भिरकोटको माझी बस्तीमा सुक्खा पहिरो गएको छ । सोमबार एक्कासी माथिल्लो भागमा रहेको कुरी भिरबाट खुसेको सुक्खा पहिरोले माझी बस्तीका ११ धरपरिवार विस्थापित भएको सोहि वडाका वडा अध्यक्ष बसन्त थापाले बताउनुभयो । दिउँसो भएका कारण पहिरोले कुनै मानवीय क्षेती नभएको र पहिरो बेलुका सम्म पहिरो खसिरहेको अध्यक्ष थापाको भनाइ रहेको छ । विस्थापित परिवारलाइ छिमेकी र आफन्तको घरमा राखिएको उहाँको बताउनुभयो ।
तामाकासि गाँउपालकाले राहात स्वरुप पाल बितरण गरेको छ । पहिरो अझै खस्न सक्ने अवस्था रहेको र वर्षायामको समय भएकाले विस्थापित केहि दिन आफन्तकोमा नै राखिने अध्यक्ष थापाले बताउनुभयो ।

Back to top button