एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई ५० हजार नगद सहित सम्मान

चरीकोट, भदौ २८ गते
दोलखाको बैत्यश्वर गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई ५० हजार नगद सहित सम्मान गरेको छ । गाउँपालिका –४ मा रहेको हनुमन्तेश्वर माध्यमिक विद्यालयका एक जना विद्यार्थीले एसईईको नतिजामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याएका थिए । उत्कृष्ट नतिजा ल्याउनेमा हनुमन्तेश्वर माविका विद्यार्थी आदेश दाहाल रहेका छन । ३ दशमलव ८ जिपिए ल्याएर जिल्ला प्रथम हुनुभएका दाहालसँगै ३ दशमलव ७५ जिपिए ल्याएर छात्रातर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याउनुभएकी सोही विद्यालयमा अध्ययनरत पुर्णिामा मिजारलाई समेत गाउँपालिकाले नगद ५० हजार सहित सम्मान गरेको छ ।
पालिकाले जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा हनुमन्तेश्वर माविलाइ समेत ५० हजार नगदसहित सम्मान गरेको छ ।
त्यसैगरी पालिकाले पालिका भित्रका विद्यालयबाट ३ दशमलव ६ भन्दा माथी जिपिए ल्याउनुभएका ५ जनालाइ नगद २० हजार, ३ दशमलव २ भन्दा माथी जिपिए ल्याउनुभएका २४ जना विद्यार्थीलाई नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो । शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिका सदैव तयार रहेको उहाँले बताउनुभयो । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालयलाई बधाई दिनुहँुदै अध्यक्ष लामाले आगामी दिनमा नतिजनमा अझ राम्रो गर्न विद्यालय र विद्यार्थीलाई आग्रह गर्नुभयो

Back to top button