‘चरी बनैमा’बोलको गीतको अडियो र भिडियो सार्वजानिक

‘चरी बनैमा’बोलको  गीतको अडियो र भिडियो सार्वजानिक भएको छ । मेलोडी नेपालले आफ्नो अफिसियल युटुब च्यानलबाट यो गीत सार्वजानिक गरेको हो । गित सार्वजनिक भएसगै श्रोता र दर्शकहरुले सहजै सुन्न र हेर्न पाउने भएका छन । समिर लोहनी र सुजिता बिश्वकर्माको आवाजमा रहेको गीतको शब्द समिर लोहनी र संगीत युनिक भोजराज बिकको रहेको छ । सिसिर डिजिटलमा रेकड भएको गीतलाई हेमन्त सिसिरले मिक्सिंग अनि मास्टरिङ्ग गरेका हुन् ।

नारायण मगरको निर्देशन, बिपिन चौलागाईको टिममा राजाराम सिम्खडाको छायांकनबाट तयार पारिएको भिडियोलाई नारायण मगरले सम्पादन र प्रकास एस केले कलर गरेका छन् । साथै श्रीएंगार राकेश रनपालको रहेको छ । जुना कार्की र नबराज गौतमले उक्त गीतमा अभिनय  गरेका छन् ।

Back to top button