विद्यालय जस्तो पवित्र संस्थालाई बदनाम नगराउन जनजागृती मावि शहरेको आग्रह

तामाकोसी समाचारदाता                                  असोज ४ गते                                              दोलखा । विद्यालय जस्तो पवित्र संस्थालाई बदनाम नगराउन जनजागृति माध्यमिक विद्यालयले सरोकारवाला सबैलाई आग्रह गरेको छ । तामाकोसी गाउँपालिका -५ शहरेमा रहेको सो विद्यालयले मंगलबार एक सुचना जारी गर्दै धमिलो पानीमा माछा मार्ने दुःसाहस गरी विद्यालयलाई बदनाम गराउने नियति कसैले नराख्न आग्रह गरेको छ।

हेर्नुस विद्यालयका प्रधानाध्यापक नवल किशोर झा द्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र
सम्पूर्ण सरोकारवालाहरु
प्रस्तुत विषयमा विगत केही दिन अघि सामाजिक सन्जाल सन्चार माध्यममा यस श्री जनजागृति माध्यमिक विद्यालय, तामाकोशी ५,शहरेका विद्यार्थीहरुले शैक्षिक सत्र २०७९ मा
पाठ्यपुस्तक प्राप्त नगरेको समाचार सम्प्रेषण भएकोमा विद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।शैक्षिक सत्र २०७९ मा भर्ना भएका कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरी योजनानुसार सिकाइ सहजीकरण भइ रहेको अवगत गराउदै यदि कुनै पनि विद्यार्थीले हाल सम्म पाठ्यपुस्कतक प्राप्त नगरेको स-प्रमाण उपस्थित भएमा विद्यालयले २४ घन्टा
भित्र पाठ्यपुस्तक उपलब्ध गराउने छ ।विद्यालय जस्तो पवित्र संस्थामा यदि कसैबाट धमिलो पानीमा माछा मार्ने
दुःसाहस गरी विद्यालयलाई बदनाम गराउने नियति राख्दछ भने उक्त कार्यका लागि विद्यालय परिवार घोर भत्सर्ना गर्दछ ।विद्यालय प्रति सद्भाव, सहयोग तथा माया राख्ने सम्पूर्ण शिक्षाप्रेमी अभिभावक, विद्यार्थी, पत्रकार
संघसंस्था प्रति हार्दिक धन्यवाद तथा रचनात्मक सहयोगको लागि सदैव आभार व्यक्त गरीन्छ ।

Back to top button