भोट माग्ने बेला सम्झिने ,जितेपछी बिर्सने कालिदह-झुले-छौडे सडक

चरीकोट ,असोज ०६ गते
पटकपटक कालिदह-झुले-छौडे सडक हुँदै मत माग्न हिड्ने राजनितीक दलले सडक कालोपत्रे गरिदिने वाचा गरेर धेरै पटक निर्वाचन जितिसकेका छन । तर निर्वाचन जितिसकेपछि भने उनिहरुले यो सडक लाई बिर्सने गरेका छ्न । गएको बैशाखमा भएको स्थानीय तहको निर्वाचनको सार्वजनिक कार्यक्रममा नै पहिलो वर्ष बाट सडक कालोपत्रे गर्ने भाषण गर्दै हिडेकाहरु आज निर्वाचित भएको ४ महिना पूरा भएको छ ।तर यो सडकमा भने न पालिकाबाट बजेट बिनियोजन भयो, न प्रदेश र संघीय सरकारमा पहल नै भयो । अहिले तीन दशक पुरानो भिरकोट झुले छौँडे सडक जिर्ण अवस्थामा पुगेको छ । वर्षातको समयमा सो सडकमा सवारीसाधन संचालन हुन सक्दैनन् । सडक निर्माण सुरु भएको तीस वर्ष बितिसक्दा पनि सडकले पुर्णता पाउन सकेको छैन भने ग्राभेल सम्म गरिएको छैन । उक्त सडक भन्दा पछि ट्रयाक खोलिएका दोलखाका दर्जनौं सडक धमाधम कालोपत्रे भइरहेका छन भने कतिपय सडकहरूमा कालोपत्रेको काम सम्पन्न भइसकेको छ ।
जिल्लाको चरिकोट– सिगटी,मुडे–शैलुङ,तामाकोसी–मेलुङ, हाँवा– च्यामा, नाम्दु–क्षेत्रपा लगायत दर्जनौं सडक कालोपत्र भइरहदा तामाकोसी गाउँपालिकाको मुख्य सडक कालिदह–झुले छौडे सडक भने अझै कालोपत्रेको हुन सकेको छैन ।स्वर्गीय नेता भिम बहादुर तामाङ्को पहलमा २०४२ सालमा उक्त सडकको ट्रयाक खोलिएको थियो । कतिपय स्थानीय तहरुले आफै बजेट बिनियोजन गरेर समेत सडक कालोपत्रे गरिरहेका छन ।तर तिनै तहका सरकारको बेवास्ताका कारण जिल्ला कै पुरानो ग्रामीण सडक रुपमा चिनिने कालिदह–गैरिमुदी हुँदै झुले छौडे जाने सडक अझै कालोपत्रेको प्रक्रियामा समेत पुग्न सकेको छैन। तामाकोसी गाउँपालिका १ भिरकोट बाट बैत्यश्वर गाउँपालिकाको गैरिमुदी हुँदै तामाकोशी–३ कै छौडे  बाट जिरी सम्म पुगिने गरि यो सडकको ट्रयाक खोलिएको थियो । पटक पटक डिपिआर गरिएपनि सडक कालोपत्रेको लागि प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । स्थानिय केशव काफ्लेले बताउनुभए अनुसार यो सडकमा सार्बजनिक यातायात चल्न थालेको नै १५ बर्ष भैसकेको छ तर सडकको अबस्था भने उस्तै छ । बर्षेनि तिनै तहका सरकार बाट लाखौं रुपिँया बजेट बिनियोजन गरिएता पनि सडक भत्काउने भन्दा अरु काम हुन नसकेको उहाँको गुनासो छ ।
सडककै कारण सवारीसाधन नचले पछि स्थानीयहरुले उत्पादन गरेका तरकारी लगायत अन्नबालिहरु बजारसम्म पुर्याउन सास्ती परको छ भने विभिन्न कामले सदरमुकाम आउने स्थानीयहरु यातायातकै लागि घण्टौ हिड्न बाध्य भएका छन । बैत्यश्वर गाउँपालिकाले पालिकाकै बजेट भिरकोट को गोपिखोला बाट गैरिमुदी सम्म सडक कालोपत्रे गरेपछि सार्बजानिक सवारिका साधन सोही बाटो हुँदै चल्न थालेपछी भिरकोटका सयौं घरपरिवार यातायात सेवाबाट बन्चित भएका छन। तामाकोशी गाउँपालिकाको भिरकोट,झुले,जफे,हाँवा ,च्यामा र बैत्यश्वर गाउँपालिकाको गौरिमुदी,मिर्गे,जोरमानेलाई समेटेर खनिएको उक्त सडक कालोपत्रे नहुँदा सार्बजनिक यातायात अर्को बैकल्पिक बाटो हुँदै चल्न थालेपछी स्थानिय हरु मारमा परेका छन। स्थानीयहरु घण्टौ सम्म सार्वजनिक यातायात कुरेर बस्ने तर यातायात ब्यवसायिले मनलागी बैकल्पिक सडक बाट यातायात चलाउन थालेपछी स्थानीयहरु महँगो भाडा तिरेर बोलेर लगायतका प्राइभेट सवारी साधन प्रयोग गर्न बाध्य भएका छन।
सार्बजनिक यातायातले सडक परिवर्तन सवारीसाधन चलाएपनी सम्बन्धित निकाय मौन बस्दा बर्खायामको बेला भिरकोटको तल्लो भेगका स्थानियहरु यातायात सेवा बाट बन्चित हुदैँ आएका छन ।
भर्खर निर्वाचित भएका जनप्रतिनिधिहरुले निर्वाचनको बेला सार्वजनिक कार्यक्रममा नै पहिलो कार्यकाल बाट नै सडक कालोपत्रे सुरु गरिने आश्वासन दिएका थिए ।तर अहिले यो सडकमा स्थानीय सरकारले कालोपत्रे गर्नका लागि बजेट नै छुट्याएको छैन । संघ र प्रदेश सरकारले पनि सडक मर्मतका लागि मात्र बजेट छुट्याएका छन । उक्त सडक करिब २३ किलोमिटर रहेको तामाकोसी गाउँपालिका प्राविधिक शाखा प्रमुख राजकिशोर यादवले बताउनुभयो । पालिकाबाट कुनै रकम बिनियोजन नभएको उहाँको भनाई रहेको छ। भौतिक पुर्वाधार कार्यालय सिन्धपाल्चोका प्राविधिक रविन खातीले जानकारी अनुसार उक्त सडकमा दुई शिर्षकमा गरेर १ करोड १५ लाख रुर्पैँया रहेको र दशैतिहार पछि ठेक्का खुलाउने कार्यालयका तयारी रहेको छ ।
झुले छौडे सडक आफ्नो कार्यालय अन्तर्गत नरहेको डिभिजन कार्यालय दोलखाले जनाएको छ ।

Back to top button