मिटरब्याजी छुटाउन निवर्तमान सांसद रेखा झा फेरि दोलखामा

दोलखा । ललितपुरबाट ठगी आरोपमा दोलखा ल्याइएका मिटरब्याजी छुटाइन निवर्तमान सांसद रेखा झा फेरि दोलखा आइपुगेकी छिन ।
केहिदिन अघि प्रहरीले मिटरब्याजी तेजबिक्रम कार्किलाइ पक्राउ गरि दोलखा ल्याउने क्रममा उनलाई छुटाउन दोलखा आएकि उनी ४ दिन बसेर फर्किएकी थिइन् ।
शनिबार फेरि उनी मिटरब्याजीलाई छुटाइन दोलखा आइपुगेकी छिन।
एउटा मिटरब्याजि छुटाउनको लागि किन पटक पट्क निवर्तमान सांसद दोलखा आइरहेकी छिन भन्ने प्रश्न जिल्लामा उठ्न थालेको छ । झाको ललितपुरको ईमाडोल स्थित निवासबाट प्रहरीले मिटरब्याजमा मुछिएका कार्कि लाई  पक्राउ गरेको थियो।

दोलखाका एक जना निर्माण व्यवसायीको उजुरी पछि प्रहरीले कार्कीलाई ललितपुर प्रहरीको सहयोगमा ईमाडोलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखा ल्याइएको थियो । दोलखा प्रहरीका अनुसार मेलुङ ७ का निर्माण व्यवसायी प्रकाश कार्किले आफु माथि चर्को मिटरब्याज असुलेर तेजबिक्रमले ठगी गरेको उजुरीका आधारमा उनलाई निवर्तमान सांसद चौधरीको निवासबाट पक्राउ गरिएको थियो । उनिहरुको अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ।झा रौतहटबाट प्रतिनिधित्व गर्ने समानुपातिक तर्फकी सांसद थिइन ।

Back to top button