थामी समाज दोलखाको छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन

चरिकोट – नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाको छैटौं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार अधिवेशनको उद्घाटन समारोह पछि राती अबेरसम्म चलेको बन्दसत्रले होमबहादुर थामीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बसन्त थामी, उपाध्यक्षमा विक्रम थामी,महिला उपाध्यक्षमा वविता थामी चयन भएका छन् । यसैगरी अधिवेशनले सचिवमा विकास थामी, सह सचिवमा ढल बहादुर थामी र कोषाध्यक्षमा ढोलबहादुर थामीलाई चयन गरेको छ । सदस्यहरुमा सदिन्ता थामी, लक्ष्मी थामी, हरि थामी, अमर थामी, सविना थामी, लाल बहादुर थामी, सृजना थामी, सरिता थामी,प्रकास थामी र राम बहादुर थामी चयन भएका छन् ।जिल्ला अध्यक्ष हरिश कुमार थामीको अध्यक्षतामा भएको अधिवेशनको सहरी विकास मन्त्री मेटमणी चौधरीले भव्य समारोहकाबीच उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले थामी समाजको भवन निर्माणमा सरकारले सहयोग गर्नसक्ने वचन दिए । पुर्वमन्त्री एवं एमाले पोलिट व्युरो सदस्य पार्वत गुरुङले थामी समुदाय नेपालको सम्पति र गहना
रहेको भन्दै आफु सँधै हकहित र अधिकारको पक्षमा लागिरहने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, कालिञ्चोक गाउँपालिका
अध्यक्ष एवं कांग्रेस जिल्ला उपसभापति अर्जुन शिवाकोटी, मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर, नेकपा एमाले दोलखाका जिल्ला सचिव हिरा
थोकर, आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष युवराज जिरेल, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नेपाल थामी समाजको केन्द्रीय
महासचिव लक्ष्मण थामी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रम सुरु हुनुअघि सदरमुकाम चरिकोटमा सांस्कृतिक झाँकी,
बाजागाजा, नाराबाजी सहित भव्य र्याली निकालिएको थियो । र्याली बजार परिक्रमापछि सिमपानी हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

Back to top button