दोलखा अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताको उपाधी द स्कोर्पीयनलाइ

असोज १३ गते,
दोलखा सदरमुकाम चरीकोटमा आयोजना गरिएको दोलखा अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता द स्कोर्पीयनले हात पारेका छन।
मंगलबार भएको प्रतियोगितामा नेपाली रेस्लर द युबलाइ हराउदै द स्कोर्पीयनले दोलखा अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताको उपाधी हात पारेका हुन ।
बाग्मती खेलकुद परिषद को आयोजना तथा दोलखा युवा सन्जालको सहआयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तानका गरी १७ जनाभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । पर्यटन क्षेत्रलाई चलायमान बनाउनको लागि मनोरञ्जनात्मक र साहसी खेल रेस्लिङ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री खड्काले कोभिड १९ का कारण सुस्ताएको दोलखाको पर्यटन क्षेत्रलाई पुर्नजागृत गर्ने तर्फ बागमती प्रदेश सरकार लागि परेको मन्त्री खड्काको भनाई रहेको छ । आवश्यक पूर्वाधारका पर्याप्त काम हुन नसक्दा केही ओझेलमा पर्न गएको भन्दै मन्त्री खड्काले पूर्वाधार विकासमा बागमती प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुुन शिवाकोटी, उपाध्यक्ष रोशन बुुढाथोकी, भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेत, मेलुुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्य, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले शुुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

Back to top button