राजधानी बाट नजिक रहेपनि पर्यटन क्षेत्रमा दोलखा ओझेलमा परेको छ : मन्त्री खड्का

चरीकोट, असोज १३ गते
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले राजधानी बाट नजिक रहेपनि पर्यटन क्षेत्रमा दोलखा ओझेलमा परेको बताउनुभएको छ । दोलखा सदरमुकाम चरीकोटमा मङ्गलबार भएको दोलखा अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री खड्काले सो कुरा बताउनुभएको हो ।
कोभिड १९ का कारण सुस्ताएको दोलखाको पर्यटन क्षेत्रलाई पुर्नजागृत गर्ने तर्फ बागमती प्रदेश सरकार लागि परेको मन्त्री खड्काको भनाई रहेको छ । आवश्यक पूर्वाधारका पर्याप्त काम हुन नसक्दा केही ओझेलमा पर्न गएको भन्दै मन्त्री खड्काले पूर्वाधार विकासमा बागमती प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गनुभयो ।
मन्त्री खड्काले भन्नुभयो दोलखा प्रचुर पर्यटकिय सम्भावना बोकेको जिल्ला हो, पर्यटनको साख फेरी फर्किन्छ । दोलखाको पर्यटनलाई सेवाक्षेत्रको रुपमा मात्रै होईन, उत्पादन र रोजगारसँग पनि जोडेर लैजाने उहाँको भनाइ छ । दोलखाको पर्यटन क्षेत्रको विकास र विस्तारलाई चरीकोटमा मात्रै सिमित राख्न नहुने भन्दै मन्त्री खड्काले जिल्लाका जिरी, शैलुङ, विगु लगायत अन्य क्षेत्रमा पूर्वाधार विकास र प्रचारप्रसारमा पनि जोड दिनुपर्ने उहाँको भनाइ छ । । जिरीमा ताल निर्माणको कामलाई बागमती प्रदेश सरकारले प्रदेशकै गौरवको आयोजनाको रुपमा अघि बढाएको उहाँले बताउनुभयो ।
मन्त्री खड्काले बागमती प्रदेश सरकारले यस वर्षलाई घुमफिर वर्षका रुपमा मनाउने निर्णय गरेको र मङ्गलबार नै चितवनबाट मूख्य मन्त्रीले यसको शुभारम्भ गरेको बताउनुभयो । चरीकोटमा आयोजित अन्तराष्ट्रिय स्तरको रेस्लिङ प्रतियोगिता खेल क्षेत्रका माध्यमबाट पर्यटन विकासकै लागि चालिएको एउटा महत्वपूर्ण कदम भएको उहाँको भनाइ छ । ।
प्रतियोगितामा नेपाल सहित भारत र पाकिस्तानका समेत गरी १७ जना खेलाडीहरु सहभागी रहेको थियो ।

Back to top button