हप्ता दिन अगाडि नै बिदामा तामाकोसीका कर्मचारी , रोकियो गाउँपालिकाले दिने भुक्तानी

दोलखा । दसैंको बिदा हुनुको एकहप्ता अगाडि नै कर्मचारी बिदामा बस्दा तामाकोसी गाउँपालिकाले दिने भुक्तानी रोकिएको छ ।
गाउँपालिकाका प्रशाशकिय अधिकृत र लेखा अधिकृत सहित आधा दर्जन कर्मचारी एकहप्ता अगाडी देखि बिदामा बस्दा भुक्तानी रोकिएको हो ।

गाउँपालिकाका कर्मचारीका कारण जेष्ठ नगरिक र अपाङ्गहरुले पाउने भत्ता रकम रोकिएको छ । दशैको मुखमा आएर भत्ता रोकिदा जेष्ठ नागरिक र अपांगहरुको दसैं खल्लो हुने भएको स्थानीयहरुको गुनासो रहेको छ। समयमा नै गाउँपालिकाले बैंकमा रकम जम्मा नगरिदिदा भुक्तानी रोकिएको हो ।

त्यसैगरी निर्माण कम्पनी र उपभोक्ता हरुले काम सम्पन्न गरेतापनी भुक्तानी पाएका छैनन । जिल्लाका अरु स्थानीय तहका कर्मचारी अन्तिम सम्म बसेर भुक्तानी दिइरहेका छन भने, तामाकोसी गाउँपालिकाका कर्मचारी गैरजिम्मेवारिका कारण दसैको मुखमा भुक्तानी  रोकिएको स्थानीयको भनाइ छ ।
यस विषयमा तामाकोसी गाउँपालिकाका कर्मचारी सग सम्पर्क गर्न खोज्दा कतिपय कर्मचारीको मोबाइल अफ रहेको छ भने कतिपय फोन उठाउदैनन ।
तामाकोसी गाउँपालिकाका कर्मचारीकै कारण पछिल्लो समय गाउँपालिकाको आलोचना हुन थालेको छ।यस बिषयमा भर्खरै निर्वाचित भएर आएका जनप्रतिनिधिले समेत खासै चासो देखाएका छैनन ।

Back to top button