बिमितको घरमै पुगेर बिमा बापतको रकम भुक्तानी

दोलखा । बिमितको घरमै पुगेर बिमा बापतको रकम भुक्तानी गरिएको छ ।
सदरमुकाम चरिकोटमा रहेको ज्योति लाईफ इन्स्योरेन्सले बिमित लाई मृत्यु दाबी भुक्तानी तथा बच्चाको लागि मासिक शैक्षिक खर्च प्रदान गरेको छ।दोलखा जिल्ला मेलुङ गाउँ पालिका वडा नं-१, निवासी रमेश तामाङ लाई उक्त बिमा बापतको रकम भुक्तानी गरिएको इन्स्योरेन्स शाखा चरिकोटले जनाएको छ । रमेश तामाङको श्रीमती मैना तामाङले आफू प्रस्तावक बसी ज्योति लाईफ इन्स्योरेन्स क लि मा मिति २०७७ असार ३१ गते पाँच लाख बिमांक रकमको ज्योति सुनौलो भबिस्य बाल जीवन बिमा र म्यादी जिबन बिमा योजनामा १८ बर्षको लागि बिमा गर्नुभएको थियो।बिमितले बिमा बापत २ किस्ताको ६४ हजार ३८४ रुपैयाँ भुक्तानी गर्नुभएको थियो ।प्रस्तावक मैना तामाङको मिती २०७९ श्रावण ५ गते मृत्यु भएको थियोे ।उक्त मृत्यु बापतको दाबी भुक्तानी आज एक कार्यक्रमको बीच मेलुङ गाउँ पालिका दोलखाका अध्यक्ष हिरा थोकरले स्व.मैना तामाङको श्रीमान रमेश तामाङ लाई ४ लाख ६७ हजार ८०८ र  कान्छो छोरा जेम्स तामाङ लाई मासिक शैक्षिक खर्च बापत ५ हजारका का दरले २ महिनाको १०हजारको को चेक हस्तान्तरण गर्नुभयो।अबदेखि बच्चाको लागी मासिक शैक्षिक खर्च बापत प्रत्येक महिना ५ हजारका दरले १५ बर्ष सम्म नौ लाख रुपैयाँ बच्चाको बैंक खातामा जम्मा गरिदिने र बिमाको प्रत्येक बर्ष गर्नुपर्ने नवीकरण बापतको १५ बर्षको बिमाशुल्क पनि छुट दिने र बिमा समाप्ति मितिमा पाँच लाख रुपैयाँ र आर्जित बोनस बिमित जेम्स तामाङ लाई एकमुष्ट भुक्तानी गर्ने ज्योति लाईफ इन्स्योरेन्स क लि चरिकोट शाखाका प्रमुख चुडा बहादुर श्रेष्ठले बताउनुभयो ।उक्त कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष हिरा थोकरले सम्पूर्ण नेपालीहरु बिमामा आबद्ध हुनुपर्ने र बिमा दुखको साथी र दुख पर्दा काम लाग्ने बताउदै बिमितको घरमै पुगेर समयमै दाबी भुक्तानी दिएको भन्दै कम्पनी लाई धन्यवाद ब्यक्त गर्नुभयो।ज्योति लाईफ इन्स्योरेन्स क लि २०७४ साल असोज ८ गते स्थापना भई नेपालमा पहिलोपटक सर्बाधिक ३५ घातक रोग विरुद्ध उपचार खर्च प्रदान गर्ने  कम्पनी हो।कम्पनीले देशभर १३० शाखा संजालमार्फत सेवा सुबिधा दिईरहेको छ। यसअघि पनि चरिकोट शाखाले साधारण मृत्यु,दुर्घटना बापत र घातक रोग बापत ४ जना बिमित तथा आफन्तहरूलाई भुक्तानी दिसकेको छ।कार्यक्रममा मेलुङ गाउँ पालिका १ का वडाध्यक्ष ईश्वर कोईराला,सोही पालिकाका ७ का वडाध्यक्ष नवराज खडका स्थानीय जनप्रतिनिधि कम्पनीका कर्मचारी सिनियर एजेन्सी मेनेजर लगाएत स्थानीयको उपस्थितिमा भएको थियोे ।

Back to top button