चंखुमा निर्माणाधीन मकर जितु हाइड्रोपावरले आफ्नो माग पूरा नगरे आन्दोलनमा उत्रिने स्थानीयहरुको चेतावनी

दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिका-६ चंखुमा निर्माणाधीन मकर जितु हाइड्रोपावरले आफ्नो माग पूरा नगरे आन्दोलनमा उत्रिने स्थानीयहरुले चेतावनी दिएका छन । दोलिङ खोला लघु जलविद्युत आयोजना स्थल माथी मकर जितु हाइड्रोपावरले संरचना निर्माण गरेपछी स्थानीयहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन ।

मकर जितु हाइड्रोपावरले संचालनमा रहेको दोलिङ खोला लघु जलविद्युत आयोजना माथी बाट पानी लैजान लागेपछी स्थानीयहरुले आन्दोलनमा उत्रिन बाध्य भएको वडा अध्यक्ष निमासाङ्गे शेर्पाले बताए ।
पानी लगेपछि दोलिङ खोला लघु जलविद्युत आयोजना बन्द हुने र वडाका ३ सय ५० घरपरिवारमा अन्धकार हुने अध्यक्ष शेर्पाको भनाइ रहेको छ ।स्थानीय सरकार सँग सम्झौता नगरी आफुखुसी संरचना निर्माण गरिएको स्थानीयको भनाइ रहेको छ ।
स्थानीय हरुलाइ लघुजलविद्युत आयोजनाको लगानी दिनुपर्ने , हाइड्रोपावरको शेयर पाउनु पर्ने, मुहान चन्खुको परेकोले मुहानको क्षतीपुर्ती दिनुपर्ने लगायत स्थानीयहरुको विभिन्न माग रहेको लघु जलविद्युत आयोजनाका अध्यक्ष पासाङ शेर्पाले बताए । हाइड्रोपावर निर्माण सप्पन्न हुन लाग्दा पनि स्थानीय हरुसग कुनै पनि सम्झौता र सहकार्य नगरी आफुखुसी निर्माण गरिएको अध्यक्ष शेर्पाको भनाइ रहेको छ ।
सो आयोजना बाट २०६७ सालदेखि स्थानीयहरुले बत्ती बाल्दै आएका छन ।

 

 

Back to top button