उम्मेदवार सग गौरीशंकरका मतदाताको माग मोबाइलमा टावर

दोलखा । गौरीशंकर गाउँपालिका -६ चङ्खुका मतदाताले उम्मेदवार सग फोनमा टावर आउने प्रबन्ध मिलाइदिन माग गरेका छन । घरदैलो अभियान लिएर मंगलबार चङ्खु पुग्नुभएका प्रदेश सभा १ का उम्मेदवार कुन्दनराज काफ्ले सग सो माग गरेका हुन।सो क्षेत्रमा नेपाल टेलिकमको टावरले राम्रो काम गर्दैन । सञ्चार सम्पर्कका लागि नेटवर्क खोज्दै अग्ला डाँडा खोज्नुपर्ने यहाँका स्थानीयको बाध्यता रहेको स्थानिय ढाल बहादुर गुरुङले बताउनुभयो ।
उम्मेदवार भेटघाटको क्रममा स्थानीय पासाङ शेर्पाले भन्नुभयो अझै सम्म हाम्रो फोनमा टावर आउदैन, फोन यसको अन्त्य गरिदिन उम्मेदवारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो विभिन्न कामले घर बाहिर रहेका परिवार सग कुरा गर्न नि सार्है गार्हो भयो,घरमा टावर आउदैन भनेको बेला आफ्नो परिवार र आफ्न्त सग कुरा गर्न नपाएको उहाँको गुनासो रहेको छ । वडामा मोबाइल नेटवर्कले राम्ररी काम गर्दैन । हामीलाई सञ्चार सम्पर्कका साह्रै दुःख  रहेको उहाँहरुको गुनासो रहेको छ। स्वास्थ्यमा समस्या भयो भने  हत्तपत्त खबर गर्न पनि सकिदैन, फोन गर्नका लागि केही पर जानुपर्ने स्थानीयहरु गुनासो छ।
यहाँको सबैभन्दा ठूलो समस्या सञ्चार भएको अर्का स्थानीय फुर्वा शेर्पाले बताउनुुभयो । नेपाल टेलिकमको टावर पनि नटिप्ने उहाँ भनाइ छ  । यो बस्तिमा घरदैलो गरिरहेका उम्मेदवारले पनि आश्वासन बाँडिरहेका छन, आफ्नै गाउँपलिकाको सुचना तथा संचार मन्त्री हुँदा समेत यस भूगोलमा सञ्चार क्षेत्रको सुधारका लागि केही पनि  हुन नसकेको स्थानीयको भनाइ छ  । गौरीशंकर गाउँपालिकाको अधिकांश क्षेत्रमा अझै फोनमा टावर आउदैन ।
पहिलो पटक संसदीय निर्वाचनको उम्मेदवार बन्नुभएका  प्रदेश सभाका उम्मेदवार कुन्दनराज काफ्लेले मतादाताको माग छिटै नै पूरा गरिने बताउनुभयो  आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई सूचना प्रविधिमा जोड्न इन्टरनेट सेवाको विस्तारमा पनि प्राथमिकता दिने योजना घोषणापत्रमा नै समेटिएको बताउदै उहाँले आफू बोलेर हैन केही गरेर देखाउन उम्मेदवार भएर आएको उहाँको भनाइ छ ।गौरीशंकर गाउँपालिकाको अधिकांश ठाउमा अझै पनि मोबाइलमा टाव आउदैन । गौरीशंकर पुर्व सुचना तथा संचार मन्त्री पार्वत गुरुङको गृह पालिका हो ।
Back to top button