दोलखा प्रदेश सभा (ख) का उम्मेदवार बनेका बर्मा लामाको यस्तो छ राजनीतिक यात्रा

नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रदेश सभा (ख) का साझा उम्मेदवार रहेका छन । दोलखालि माझ लोकप्रिय नेताको रुपमा चिनिने लामाको दोलखा  काङ्ग्रेसको राजनीतिमा ठूलो योगदान रहेको छ।   यस्तो छ सभापति लामाको राजनीतिक यात्रा  वि.सं. २०३६ सालमा त्रिभुवन मेलुङबाट विद्यार्थी राजनितीमा होमिएका व लामा २०३६ सालको जनमत संग्रह २०४२ सालको सत्य ग्रहमा भाग लिदै २०४६ र ६२/६३ सालको जनआन्दोलनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लामा पन्चायत विरुद्ध लाग्दा बिधालय बाट पटकपटक निष्कासित समेत भएका थिए । २०४६ सालमै नेपाल विद्यार्थी संघ दोलखाको अध्यक्ष हुँदै २०४९ सालमा नेपाली काँग्रेस दोलखाको जिल्ला कार्य समिति सदस्य भएका लामा २०५३ सालमा तारा बहादुर कोइराला नेतृत्वको दोलखा काँग्रेसमा महाधिवेशन प्रतिनिधी भएका थिए । त्यसयता  निरन्तर रुपमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुँदै नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तामाङ संघको पहिलो महाधिवेशनबाट केन्द्रिय महासचिव भई स्व.शुशिल कोइराला नेतृत्वको तत्कालिन विज्ञान तथा प्रविधि केन्द्रको सदस्य समेत भएका थिए । देश संघियतामा गएपछी लामा २०७४ सालको निर्वाचनमा मेलुङ गाउँपालिकाको  अध्यक्ष र दोलखा प्रदेश सभा ‘क’ बाट उम्मेदवार बनेका थिए । लामा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा दोलखाको प्रत्येक विद्यालयमा विद्यार्थी संगठन निर्माण गर्न र विद्यार्थी संघलाई चुस्त, दुरुस्त  बनाउन सफल लामा २०६२/६३ को जनआन्दोलनमा समेत अग्रपङ्तीमा रहेका थिए ।  अन्दोलनमा समेत  ज्यानको प्रवाह नगरि काङ्ग्रेस र दोलखाली जनताको पक्षमा निरन्तर रुपमा क्रियाशिल रहेका लामा  जनताको मनोभावना अनुरुप काम गर्ने अब्बल नेताको रुपमा चिनिन्छन ।  लामा १३ औं महाधिवेशनमा दोलखा काँग्रेसको नेतृत्व लिन असफल भएपनि नेपाली काङ्ग्रेसको गत १४ औं महाधिवेशनमा भारी मतका साथ काङ्ग्रेस दोलखाका पार्टी सभापति  भएका थिए ।

Back to top button