प्रचण्डलाई विश्वासको मत दिने देउवाको आश्वासन

आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । त्यस क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको एक नेताले जानकारी दिए ।

यद्यपि, यसबारे आधिकारिक निर्णय भने मंगलबार विहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्ने ती नेताले जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।- onlinekhabar

Back to top button