पत्रकार जीवन लामा सम्मानित

दोलखा । जिल्ला बचत तथा ऋण सहकारी संस्थाको २४ औ बार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष जिवन लामा सम्मानित भएका छन
कालिन्चोक एफएमका स्टेसन म्यानेजर समेत रहेका लामालाई  संस्थाले पहिलो पटक स्थापना गरेको पशुपति स्मृति सहकारीता पुरस्कार– २०७९ बाट सम्मान गरेको हो । चरिकोटमा सम्पन्न कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
दोलखा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उद्धबप्रसाद सापकोटा, बागमति प्रदेश बचत तथा ऋण सहकारी संस्थाका महासचिव जिवसराज खड्का, सहकारी अभियन्ता यज्ञराज ढुंगेल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष रामदास श्रेष्ठ, संस्थाका उपाध्यक्ष जगतप्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Back to top button