फागुण २१ देखि २७ गतेसम्म दोलखा महोत्सव हुने

सुजन काफ्ले / पौष २९ गते
चरिकोट । दोलखामा फागुण २१ गते देखि २७ गतेसम्म दोलखा महोत्सव हुने भएको छ । नेपाल चेम्बर अफ कमर्स दोलखाको आयोजनामा महोत्सव हुने भएको हो ।
खस्कदो कृषि ,आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्ने र जिल्लालाई समृद्ध बनाउने उदेश्यले महोत्सव गर्न लागिएको चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष बिष्णु श्रेष्ठले बताउनुभयो । लामो समय कोभिडले थलिएको दोलखाको ब्यापारब्यवसाय पुरानै लयमा फर्काउन र आर्थिक चहलपहल बढाउन ७ दिन महोत्सव गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा सास्कृतिक, धामीझाक्री सहित स्थानीयहरुले उत्पादन गरेका कृषि सामाग्रीहरु प्रदशनीमा राखिने आयोजकले जनाएको छ ।

Back to top button