विद्यालको स्थापना दिवसको अवसरमा जग्गादातालाई सम्मान, विद्यार्थीलाई छात्रवृति

सुजन काफ्ले / माघ १८ गते
चरिकोट । दोलखाको बैत्यश्वर गाउँपालिका ८ क्षेत्रपामा रहेको क्षेत्रवती माध्यमिक विद्यालयले स्थापना दिवसको अवसरमा जग्गादातालाई सम्मान तथा विद्यार्थीहरुलाइ छात्रवृति बितरण गरेको छ । विद्यालयको ४६ औं वार्षिक उत्सव तथा २६ औं अभिभावक दिवसको अवसरमा विद्यालयलाइ भवन निमार्ण गर्नका लागी निशुल्क जग्गा उपलब्ध गराउने तारा कुमार खड्कालाइ सम्मान गरेको हो ।
सम्मानित भएका खड्काले विद्यालयका गरिब जेहेन्दार,दलित तथा असहाय विद्यार्थीलाइ स्वर्गीय हजुरबुबाको नाममा ५ लाखको अक्षय कोषको स्थापना गरि सो रकमबाट आउने ब्याज बाट बार्षिक रुपमा छात्रवृति बितरण गरिदै आएको विद्यालयका प्रधानध्यापक पदम जिरेलले बताउनुभयो । कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्दै आउनुभएका विद्यालय ब्यवस्थापन समितीका पुर्व अध्यक्ष राम बहादुर श्रेष्ठ र समाजसेवी लक्ष्मी खड्कालाइ समेत सम्मान गरिएको थियो ।
सोही कार्यक्रमको अवसरमा बिभिन्न ब्यत्तिको सहयोगमा स्थापना गरिएको अक्षय कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यालयमा ६ कक्षा देखि १२ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीलाइ १ हजार र बालकक्षा देखि ५ कक्षा सम्मका विद्यार्थीलाइ २ सयका दरले छात्रवृति बितरण गरिएको प्रधानाध्यापक जिरेरले बताउनुभयो । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगीतामा बिजयी हुने विद्यार्थी तथा खेल शिक्षकलाइ पनि नगद सहित कदर पत्रले सम्मान गरिएको थियो ।
स्थानीय दिपेन्द्र अधिकारीले स्काउटका विद्यार्थीहरुलाइ पोशाकको लागी १ लाख ८ हजार रकम विद्यालयलाइ हस्तान्तरण गर्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छबि लामा, शिक्षा समन्वय इकाइका प्रमुख शंकर बाबु श्रेष्ठ,जग्गादाता तारा कुमार खड्का, वडा अध्यक्ष शान्त बहादुर जिरेल,स्थानीय हरि जिरेल, भरत श्रेष्ठ, नरेश सापकोटा लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यत्त गर्नुभएको थियो । जिल्लाकै नमुना विद्यालयको रुपमा चिनिने सो विद्यालय २०२३ सालमा स्थापना भएको थियो । बालकक्षा देखि १२ कक्षा सम्म अध्ययन हुने सो विद्यालयमा हाल ३ सय ६८ जना विद्यार्थी रहेका छन ।

Back to top button