दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागी, ९ घर जलेर नष्ट

चरिकोट/ माघ २० गते                                   दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन । गएराति गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी ९ घर जलेर पुर्णरुपमा नष्ट भएका हुन ।
आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दाहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो ।
स्थानीय रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको वलीले बताउनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशङ्का गरीएको छ । सदरमुकाम चरिकोटबाट खटिएको प्रहरी सशस्त्र, दमकल सहितको टोली आगो नियन्त्रणमा लिएको छ । आगलागीका कारण लाखौँको क्षति हुनुमा साथै पशु चौपाया पनि मरेको प्रहीले जनाएको छ । आगलागीको र क्षतीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Back to top button