आफ्नो जस्तो पीडा अरुलाइ नपरोस् भन्दै एम्बुलेन्स सहयोग

सुजन काफ्ले                                            
दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिका –६ नाम्दुकि चन्द्रमाया गिरि अहिले ८२ बर्ष पुग्नुभयो । गाउँघरमा नै हुर्किनुभएका उहाँ करिब ३ दशक देखि राजधानी काठमाडौमा बस्दै आउनुभएको छ ।केहि वर्ष अघि कोरोना सङ्क्रमण बढेको समयमा काठमाडौबाट आफू जन्मेको घर आएको बेला उहालाई सन्चो भएन । सन्चो नभएपछि उहालाई अस्पताल जानू पर्ने भयो, अस्पताल जान एम्बुलेन्स पाइएन उहाँले महङ्गो भाडा तिरेर बोलेरोमा अस्पताल जानुभयो ।

उहाँलाई त्यो दिन कहिल्यै बिर्सनसक्नुभएन ।बोलेरो चडेर जाँदै गर्दा उहाँले एउटा अठोट गर्नुभयो , आफुले जस्तो अस्पताल जान एम्बुलेन्स नपाएको पीडा अरुलाइ नपरोस भन्दै उहाँले गाउमा एम्बुलेन्स सहयोग गर्ने सोच बनाउनुभयो।
बैत्य्श्वर गाउँपालिका –६ का वडा अध्यक्ष अशोक तामाङ सग सल्लाह गरेर एम्बुलेन्स खरिद गर्ने प्रक्रिया सुरु गर्नुभयो । व्यक्तिगत खर्चमै ल्याइएको सो सुबिधासम्पन्न एम्बुलेन्स आइतबार बैत्यश्वर गाउँपालिका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती र वडा अध्यक्ष अशोक तामाङको रोहवरमा चाबी हस्तान्तरण गरिएको छ । स्थानीय स्तरका सर्वसाधारणलाई सहयोग होस् भन्ने उद्देश्यका साथ एम्बुलेन्स सहयोग गरिएको चन्द्रमायाले बताउनुभयो ।
एम्बुलेन्स हस्तान्तरणका क्रममा गिरीले गाउँमा सर्वसाधारणका लागि न्युन शुल्कमा एम्बुलेन्स सेवा दिने गरी व्यवस्थापन गर्न समेत गाउँपालिकालाइ आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो , ’गाउँमा बिमारी तथा दुर्घटना हुँदा समेत समयमा एम्बुलेन्स नपाउँदा उपचार अभावमा अकालमै ज्यान गुमाउन नपरोस भन्ने मेरो ध्येय हो ।
बिरामीलाई उपचार गर्न एम्बुलेन्सले थप सहज हुने र यहाँको स्वास्थ्यस्थितिलाई माथि उठाउन सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो आफू यहि गाउँमा कसरी सुत्केरी भए कति दुख भयो मेरो जस्तो दुख यो गाउँको कसैलाई नपरोस बिरामी भएर अस्पताल जान नपाएकै कारण कोहि मर्न नपरोस ।

अस्पताल आउँदासम्म बिरामीको अवस्था निकै खराब भइसकेको हुन्थ्यो अब धेरै सजिलो हुने भयो’ स्थानीय ढाल बहादुर कार्किले बताउनुभयो । उहाँले बोलेरामा अस्पतताल जादा महंगो भएका कारणले गर्दा सर्वसाधारणले उपयोग गर्न नसकेको समेत बताउनुभयो । एम्बुलेन्सबाट सहुलियत दरमा सेवा पाउने भएपछि गरिव भए पनि बाँचिने भइयो भन्ने लागेको भन्दै स्थानीयहरुले खुसी व्यक्त गरेका छन । एम्बुलेन्सले गाउँपालिका –६ नाम्दु बाट सेवा दिने गाउँपालिकाले जनाएको छ । क वर्गको सुबिधासम्पन्न एम्बुलेन्स नाम्दु आइपुग्दा करिब ३० लाख खर्च भएको चन्द्रमायाको परिवारले जनाएको छ । उत्त एम्बुलेन्समा आकस्मिक औषधी,मुटुको चाल थाहा पाउने मेसिन,अक्सिजन सिलिन्डर,रत्तचाप जाच्ने ब्यवस्था रहेको छ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छवि लामाले एम्बुलेन्स सहयोग गरेर महत्वपूर्ण योगदान गर्नुभएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष अशोक तामाङले चन्द्रमाया गिरिले एम्बुलेन्स दान गरेर पुण्य हैन महापुण्य काम गरेको बताउदै उहाँलाई महत्वपूर्ण सहयोग गरेकोमा धन्यवाद दिनुभयो । आफुले एम्बुलेन्सको संरक्षण गरेर सहुलियत दरमा सेवा दिने उहाको भनाइ छ ।
यस वडामा एम्बुलेन्स नहुंदा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अन्यत्र लैजान स्थानीयवासी बाध्य थिए । अब वडामा एम्बुलेन्स आएपछि चर्को भाडादर, गाडी नपाएर बिरामीलाई घण्टौँ घर तथा बीच बाटोमै छटपटाउनुपर्ने समस्या समाधान हुने भएको छ। एम्बुलेन्स सञ्चालनमा आएपछि गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिक लगायत अन्य व्यक्तिलाई स्वास्थोपचारका लागि स्वास्थ्य संस्थासम्म आउनजान सहयोग पुग्ने विश्वास लिइएको छ ।

Back to top button