कालिन्चोकका आगलागी पीडितलाइ सहयोग जुट्दै

चरीकोट,फागुन ४ गते
कालिन्चोक गाउँपालिकाका आगलागी पिडितलाइ सहयोग जुट्न थालेको छ । विभिन्न ब्यत्ति तथा संघसस्थाहरुको सहयोगमा सङ्कलन गरिएको नगद करिब ६ लाख ४० हजार रुपैया पीडितलाइ हस्तान्तरण गरिएको छ ।
माघ १९ गते कालिन्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा हुदन नौ घर जलेर पूर्णरुपमा नष्ट भएका थिए ।
आगलागीले बजार क्षेत्रमा रहेको सन्तोष सेढाईं, दुर्गा दाहाल, चित्रप्रसाद सेढाईं, स्वस्तानी खड्का, शङ्कर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपिलाल थामी, रामबहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको थियो ।
सङ्कलन गरीएको रकम क्षतीका आधारमा वितरण गरिएको लापिलाङ सेवा समितीका अध्यक्ष बिबेक खड्काले बताउनुभयो । क्षती पुगेका ११ घरमध्ये ९ घरलाइ प्रतिघर ५० हजार ४ सय ३७ रुपैया र २ घरलाइ प्रतिघर १४ हजार रुपैया सहयोग गरिएको खड्काले बताउनुभयो । आगलागीले क्षती पुगेका नौ पसललाइ प्रतिपसल २७ हजार २५ रुपैया सहयोग गरिएको उहाँले बताउनुभयो । सो सहयोग रकम प्रवासी मन्च,लापिलाङ सेवा समिती र भिमेश्वर नगरपालिकाका विद्यालयहरु लगायत विभिन्न ब्यत्ति तथा संस्थाको सहयोगमा सङ्कलन गरिएको थियो ।

Back to top button