मिलिजुली कालिन्चोक साकोसको मानव संशाधन सशक्तीकरण तालिम अ अर्धवार्षिक समिक्षा सम्पन्न

ईश्वर न्यौपाने
दोलखा  । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले संस्थामा कार्यरत  कर्मचारीहरुलाई दुई दिवसिय सशक्तिकरण तालीम प्रदान गरेको छ ।संस्थाले सदरमुकाम चरिकोटमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन  संस्थाका अध्यक्ष नारायण  बहादुर श्रेष्ठले गर्नुभएको थियो भने  समापन संस्थाकि  उपाध्यक्ष सरुणा बस्नेत श्रेष्ठको प्रमुख आतित्थ्यता भएको थियो ।

उक्त तालीम कार्यक्रमको उद्घाटन तथा समापन कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत  ईश्वर न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको थियो । तालीममा संस्था र शेयर सदस्य सफल बनाउनको लागि सञ्चालक र कर्मचारीको भूमिका तथा सहसम्बन्ध बिषयमा संस्थाका अध्यक्ष श नारायण बहादुर श्रेष्ठ, सम्पत्ति शुद्धिकरण निवारण, प्रभावकारी सुचना प्रवाह सुशासनयुक्त प्रशासन बिषयमा संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटा, सुरक्षित ऋण लगानि र प्रभावकारी ऋण असुली बिषयमा संस्थाका ऋण अधिकृत  चिरन्जीवी सापकोटा र ऋण असुली अधिकृत श्री राजन श्रेष्ठ, सूचना प्रविधि आन्तरीक लेखापरीक्षण र सेवाकेन्द्र ब्यवस्थापन बिषयमा सूचना प्रविधि अधिकृत  भीमसेन दाहाल, बचत ब्यवस्थापन बिषयमा बचत अधिकृत भोजराज  खतिवडा, लेखा बिधि र पद्धति बिषयमा लेखा शाखा प्रमुख श्री ईन्दीरा दाहाल, प्रभावकारी टेलर ब्यवस्थापन बिषयमा टेलर प्रमुख श्री सरिता शर्मा, मोवाईल बैंकीङ्ग, क्युआर कोड र एटीएम ब्यवस्थापन सम्बन्धमा मोवाईल बैंकीङ्ग तथा क्युआर कोड बिभाग प्रमुख  लक्ष्मी खतिवडा, बिप्रेषण कारोवार ब्यवस्थापन सम्बन्धमा बिप्रेषण बिभाग प्रमुख रजिना चौलागाई बाट सहजीकरण भएको थियो भने संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री ईश्वर न्यौपानेबाट एचआर सशक्तिकरण बिषयमा सहजीकरण गर्नु भएको थियो ।

संस्थाले चारबर्षिय रणनीतिक योजना आ.ब. २०७९/०८० देखी २०८२/०८३ लाई फाएभ बाई सेभेन डाईमन्सनको आधारमा तयार पारेको थियो । यस फाएभ डाईमन्सन भित्र बित्तिय स्वस्थ्यता एवं बृद्धि, गुणस्तरीय सेवा एवं सदस्य सन्तुष्टि, कुसल तथा स्तरीय कार्य सञ्चालन, नविन अभ्यास र सिकाई तथा डिजिटल बित्तिय सेवा रहेको राखीएको छ । चारबर्षिय रणनीतिक योजनाको पहिलो बर्ष आ.ब. २०७९/०८० को लागि तयार पारीएको योजना बमोजिम भएको कार्यप्रगतिको बारेमा संस्थाको मानव संशाधन बाट समिक्षा गरीएको थियो । संस्थाले आ.ब. २०७९/०८० को पहिलो अर्धबार्षिक अवधिमा योजना बमोजिम अधिकांस सुचाकंहरुमा सफलता प्राप्त गरेको छ । संस्थामा हाल २४,६१९ शेयर सदस्य तथा ९,२५३ बालबचतकर्ता समेत जम्मा बचतकर्ता संख्या ३३,८७२ रहेको छ भने कुल वासलात १ अर्ब २८ करोड रहेको छ ।

Back to top button