३ सय ९० घण्टा निशुल्क सिपमुलक तालिम

चरीकोट,फागुन २२ गते। दोलखामा ३ सय ९० घण्टा निशुल्क सिपमुलक तालिम सुरु भएको छ ।
जिल्ला युवा समिति दोलखाको आयोजनामा सो सिपमुलक तालिम सोमबार बाट सदरमुकाम चरीकोटमा सुरु भएको हो ।
दिनानुदिन हजारौ युवाहरु विदेशीने गरेको स्वदेशमै रहेर केही गर्न चाहनेहरुलाइ लागि निशुल्क तालिमको आयोजना गरिएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो ।सीप नहुँदा रोजगारीको अवसर नपाउने भएकाले सीप भए देशमा केही गर्न सकिन्छ भन्ने उदेश्यले तालिम प्रदान गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्वदेशमै युवाहरुलाई सीप प्रदान गरेर रोजगार प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको छ ।
तालिम प्रदायक संस्था कान्तिपुर बहुप्राविधिक शिक्षालय भरतपुर र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र हेटौडाद्दारा प्रदान गरिने तालिममा दोलखाका ५० जना युवाहरु सहभागी रहेका छन् । दोलखाको प्रर्यटन प्रर्वधन गर्न र पर्यटकलाई समुदायमैत्री बनाउनको लागि होमस्टेमा बसाउने चलन बढ्दै गएको छ । तालिममा २५ जना युवाहरुलाई होमस्टे तालिम प्रदान गर्न थालेका हुन् । त्यस्तै कफी पारखीहरुलाई गुणस्तरीय र स्वादिष्ट खुवाउन सक्ने खालका सक्षम बनाउन लागि २५ जना युवाहरुलाई बारिष्टा (कफी मेकर) तालिम पनि सञ्चालनमा ल्याइएको युवा समिती दोलखाले जनाएको छ

तालिम उद्घाटन जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षता र बागमती प्रदेशका वन तथा वातावरण पूर्वमन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा भएको थियो तालिमपश्चात उत्कृष्ट र व्यवसायी सञ्चालन गर्न चाहने युवालाई प्रदेश युवा समितिले अनुदान स्वरुप ५० हजार रुपैयाँ प्रदान गरिने जिल्ला युवा समिति दोलखाले जनाएको छ।

Back to top button