प्रदेश युवा परिषद् हेटौंडाद्वारा एकै पटक ११९ जना कर्मचारी माग

हेटौंडा । बागमती प्रदेश युवा परिषद् हेटौंडाद्वारा एकै पटक ११९ जना कर्मचारी माग गरिएको छ । परिषद्को चालु आर्थिक वर्ष २०७९।०८० को स्वीकृत कार्यक्रम तथा प्रदेश स्वयंसेवा परिचालन निर्देशक समितिको निर्णयानुसार प्रदेश युवा स्वयंसेवक माग गरिएको हो ।

कम्तीमा दुइ वर्ष काम गर्नेगरी प्रदेशभरीका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा एक जनाका दरले राख्नेगरी युवा स्वयंसेवक माग गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले वताउनुभयो । अन्नपुर्ण पोष्ट दैनिकमा सूचना प्रकासीत गर्दै युवा स्वयंसेवक माग गरिएको हो ।

प्रदेशका सबै स्थानीय तहमा प्राबिधीक क्षेत्रका युवा स्वयंसेवक नियुक्त गर्नेगरी सूचना प्रकासन गरिएको चौलागाईंले वताउनुभयो । स्वयंसेवा गर्न इच्छुकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस परिषद्को वेवसाइटमा रहेको अनलाईन फर्म भरी सूचिकृत गर्नुहुन अनुरोध गरेको छ ।

युवा परिषद्ले कृषि क्षेत्र २५ जना, पशु क्षेत्रका २५ जना, शिक्षा क्षेत्रका गणित र विज्ञान शिक्षक माध्यमिक तहका ४४ जना, स्वास्थ्य क्षेत्रका ३० जना रहेका छन् ।
स्वयं सेवक बागमती प्रदेशको स्थायी वासिन्दा हुनु पर्ने नियम राखिएको छ ।

प्राप्त निवेदनहरुलाई जिल्लागत रुपमा सुचिकृत गरिने र जुन जिल्लाको स्थायी वासिन्दा हो सकेसम्म सोही जिल्लाको लागि छनौट तथा खटाइनेछ तर परिषद्को आवश्यकता अनुसार अन्य जिल्लामा खटाउन वा नखटाउन सकिने कार्यकारी उपाध्यक्ष चौलागाईंले वताउनुभयो । युवा स्वयंसेवक सम्वन्धीत पालिकाहरुले माग गरेको आधारमा खटाउने तयारी गरिएको उहाँले वताउनुभयो ।

युवा स्वयंसेवक माग गरिएको विस्तृत सूचना यस प्रकार रहेको छ । -janapatra.com

Back to top button