मनकारी स्वास्थ्यकर्मी :आफैले रगत दिएर बिरामीको उपचार

दोलखा। दोलखाको कालिन्चोक भगवती मन्दिर घुम्न आएका पर्यटक शत्रुधन यादव एक्कासि बिरामी हुनुभयो । सर्लाही बाट घुम्न आउनुभएका उहाँलाइ बिरामी परेपछी सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा अस्पतालमा भर्ना गरियो । उहाँलाई डाक्टर बिनोद दङ्गाल नेतृत्वको स्वास्थ्यकर्मीको टोलिले चेकजाँच गर्नुभयो ।

चेकजाँच पछि उहाँको शरिरमा ब्लड कम भएकाले ओ पोजिटिभ ग्रुपको ब्लडको आवश्यकता पर्यो ।जिल्लामा रहेको रेडक्रसको ब्लड बैंकमा उहाँलाई मिल्ने रगत भेटिएन । उहाँ पर्यटक भएका कारण उहाँले यता चिनेजानेको कोहि नभएकाले यादवलाई ब्लड दिने मान्छे तत्काल फेला पर्ने सम्भावना थिएन ।

उहाँलाई चाहिने ब्लडको ब्यवस्था हुन नसकेपछि उहाँको उपचारमा खटिनु भएका डाक्टर बिनोद दङ्गाल आफै ब्लड दिन तयार हुनुभयो । डाक्टर बिनोद सहित ४ जना स्वास्थ्यकर्मिले ब्लड दिएर यादवको उपचार गरियो । उहाँको अवस्था अहिले सामान्य छ, उहाँ अहिले पनि उपचाररत हुनुहुन्छ । उपचाररत यादवले भन्नुभयो डाक्टर त मेरो लागि भगवानको पनि भगवान हुनुभयो । यता आफुले चिनेको कोहि थिएन , मैले त कसरी ब्लड जुटाउन सक्थे र उहाँको भनाइ छ ।

 

Back to top button