जिरी नगरपालिकाको उत्कृष्ट लोगो बनाउने श्रेष्ठ सम्मानित

दोलखा  । जिल्लाको जिरी नगरपालिकाको उत्कृष्ट लोगो निर्माण  गर्ने श्रेष्ठ सम्मानित भएका छन । बैत्यश्वर गाउँपालिका -८ क्षेत्रपा घर भएका श्रेष्ठलाई सोमबार जिरी नगरपालिकाले नगरसभाको अवसरमा नगद २५ हजारसहित सम्मान गरेको हो ।

गत फाल्गुनमा नगरपालिकाले पहिचान झल्कने लोगो निर्माण गर्नका लागि सुचना जारी गरेको थियो ।

सोही सुचनाको आधारमा  श्रेष्ठले निर्माण गरेको लोगो उत्कृष्ट भएको थियो । सुचना माग गरे बमोजिम श्रेष्ठले नगरपालीकाको आर्थिक , सामाजिक ,सास्कृतिक भौगोलिक  बिशिस्टता र गौरब झल्कने लोगो निर्माण गरेका थिए । उनले निर्माण गरेको लोगो छनोट  भएको थियो ।

 

Back to top button