क्षेत्रपाका सामुदायिक वनमा टिमुरका बिरुवा रोपण

दोलखा । सामुदायिक वनलाई आय आर्जन सँग जोड्न  ३ हजार पाँच सय टिमुरका बिरुवा रोपिएको छ ।डिभिजन वन कार्यलय दोलखा सहयोग र वडा कार्यालयको समन्वयमा बैत्यश्वर गाउँपालिका -८ क्षेत्रपाको सामुदायिक वनमा टिमुरका बिरुवा रोपिएको हो।

सामुदायिक वनबाट पनि स्थानीयहरुलाइ आम्दानी सग जोड्ने उदेश्यले टिमुराका बिरुवा रोपिएका वडा अध्यक्ष शान्त बहादुर जिरेलले बताउनुभयो ।  स्थानीय सक्रियता र माग अनुसार वडाका २ हेक्टर वन क्षेत्रमा बिरुवा रोपिएको अध्यक्ष जिरेलले बताउनुभयो । रोपिएका बिरुवा बाट स्थानीय हरुले आम्दानी गर्ने वन हरियाली समेत हुने वडा कार्यालयले जनाएको छ ।

Back to top button