मेलुङ गाउँपालिकाका उत्कृष्ट विद्यार्थी सम्मानित

चरिकोट , असार १३ गते
दोलखाको मेलुङ गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। शैक्षिक क्षेत्रको विकासमा सहयोग पुग्ने उद्देश्यसहित गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट विद्यार्थीहरु लाई सम्मान गरेको हो । गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने २६ जना विद्यार्थीर्लाई सम्मान गरिएको मेलुङ गाउँपालिका की उपाध्यक्ष गायत्री आचार्यले बताउनुभयो ।

गाउँपालिकाले २०७९ सालमा संचालित परिक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा ८ का १० जना विद्यार्थीलाई जनही १५ हजार सहित नगद प्रमाणपत्रले सम्मान गरेको हो ।सोही वर्ष संचालित एसइई मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने १५ जना विद्यार्थीलाई नगद २१ हजार रुपियाँसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

एसइईमा गाउँपालिकाकै उत्कृष्ट नतिजा ल्याउन सफल एक जना विद्यार्थीलाई नगद २५ हजार रुपियाँसहित प्रमाणपत्रले सम्मान गरेको हो ।गाउँपालिकाका सामुदायिक विद्यालय बाट कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने एक जना विद्यार्थीलाई नगद २९ हजार रुपियाँसहित प्रमाणपत्रले सम्मान गरेको हो । गाउँपाकिाले आर्थिक वर्ष ०८० /०८१ मा विनियोजन गरेको बजेटबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ४ लाख ८७ हजार रुपियाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले गाउँपालिका भित्रका मात्र नभएर दोलखाको सदरमुकाम चरीकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई समेत प्रोत्साहन गर्न छात्रवृति प्रदान गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो । यस्ता खालका कार्यक्रमले विद्यार्थीलाई प्रोत्साहन गर्ने उहाँले बताउनुभयो । सम्मान कार्यक्रमले विद्यार्थीलाई स्थानीय सरकार छ भन्ने आभाष गराउने उहाँको भनाई छ । आगामी वर्ष गाउँपालिकाका थप विद्यार्थीको नतिजामा सुधार आउने अपेक्षा रहेको उहाँले बताउनुभयो।

गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत ३.२१ जिपिए वा सो भन्दा माथि जिपिए ल्याउने विद्यार्थीलाई छनोट गरि नगद सहित सम्मान गरिएको उपाध्यक्ष आचार्यले बताउनुभयो। उपाध्यक्ष आचार्यले भन्नुभयो, हामीले शिक्षा क्षेत्रको विकासका लागी प्राथमिकताका साथ बजेट विनियोजन गरेर शैक्षिक सुधारका विभिन्न कार्यक्रम संचालन गरिरहेका छौं  ।

सम्मानले विद्यार्थीलाइ पढाइलाई निरन्तरता दिन प्रेरित गर्ने र थप प्रभावकारी शिक्षा प्रदान गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । सम्मानको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ । विद्यार्थी सम्मान कार्यक्रमले आगामी वर्ष उत्कृष्त नतिजा ल्याउन प्रतिस्पर्धा हुने गउँपालिकाको अपेक्षा रहेको उहाँले बताउनुभयो ।

Back to top button