मेलुङ गाउँपालिकाको सडक : १२ किलोमिटर सोलिङ, एक किलोमिटर ढलान

चरीकोट , असार १२ गते
दोलखाको मेलुङ गाउँपालिकाकाले आर्थिक वर्ष ०८०/०८१ मा १२ किलोमिटर सडक सोलिङ र १ किलोमिटर सडक ढलान गरेको छ।भौगोलिक रुपमा विकट रहेको गाउँपालिका सडक निमार्णलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेर सोलिङ तथा ढलान निमार्ण सुरु गरेको थियो ।
गाउँपालिकाले पालिका भित्रका सडक संजाललाई ब्यवस्थित रुपमा संचालन गर्न पक्की नाला निमार्ण,ग्याबीन जाली लगाउएर बक्स सोलिङ तथा ढलान गरेको हो ।व्यवस्थित सडक निमार्ण भएपछि गाउँमा उत्पादित अन्नबाली तथा तरकारी बाली बजार पुर्याउन सहज हुने भएपछि स्थानीयबासीहरु खुसी भएका छन । सडक निमार्णलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेर निमार्ण कार्य अगाडी बढाईएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले बताउनुभयो ।

वर्षायाममा भत्किएका सडकसमेत गाउँपालिकाले मर्मत गरि यातायातका साधन सहजै चल्ल सक्ने व्यवस्था गरिने अध्यक्ष तामाङले बताउनुभयो । स्थानीयहरुको माग नै सडक निमार्ण रहेको बताउदै उहाँले गाउँपालिका भित्रका सबै सडक स्तोरोन्नती गरिएको बताउनुभयो । गाउँ बस्तीका साँघुरा सडक व्यवस्थित बनाउदै लगिएको छ भने कतिपय सडकढलान गरिएको र ढलान गर्न बजेट अपुग भएका सडहकरुमा नाला सहितको व्यवथित बक्स सोलिङ गरिएको तामाङले बताउनुभयो ।उहाँले भन्नुभयो गाउँपालिकाले ग्रामीण सडकमा बाह्रै महिना आवागमन सहज हुने गरि सडक स्तोरोन्नती गरिएको छ । ग्रामीण सडकलाई संघ र प्रदेस सरकार सँग सहल गरेर कालोपत्रे गर्ने योजना रहेको तामाङले बताउनुभयो। सडक ढलान तथा सोलिङ भएपछि वर्षातको समयमा हिलाम्मे सडकका कारण स्थानीयहरुले भोग्दै आएको सास्ती अन्त्य भएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा ७ करोड ८० लाख बजेट सडक निमार्णमा विनियोजन गरेको थियो । गाउँपालिकाले एक वर्षमा ७ किलोमिटर सडक सोलिङ र एक किलोमिटर सडक बक्स सोलिङ गरेको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ईन्जियर सुमन नेपालले बताउनुभयो । त्यसैगरि गाउँपालिकाले ३ किलोमिटर नयाँ सडक निमार्ण गरेको छ । पालिकाले करिब १ किलोमिटर सडक ढलान गरेको छ भने १ किलोमिटर ३ सय मिटर सडकमा पक्की नाला निमार्ण गरिएको शाखा प्रमुख नेपालले बताउनुभयो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ किलोमिटर सडक सोलिङ करिब ८ सय मिटर पक्की गोरेटो बाटो निमार्ण गरेको उहाँले बताउनुभयो ।

Back to top button