दोलखामा ट्राफिक प्रहरीको सक्रियता: दुर्घटनामा न्युनिकरण, राजस्व सङ्कलनमा वृद्वि

चरीकोट, असार १२ गते
दोलखामा विभिन्न ट्राफिक कारबाहीबाट करिब १४ लाख राजस्व सङ्कलन भएको छ । गत बैशाख र जेठ दुई महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दोलखाले गरेको ट्राफिक कारबाहीबाट १५ लाख ७८ हजार ४ सय राजस्व रकम सङ्कलन गरेको हो । यो राजस्व सङ्कलन गत महिना भन्दा दोब्बर बढि हो । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट सो राजस्व असुल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) ठाकुर प्रशाद भटराईले बताउनुभयो ।

जिल्लामा ट्राफिकको नियम उल्लङ्घन गर्ने बढेकाले राजस्व रकम सङ्कलनमा पनि वृद्धि भएको उहाँको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार बिना अनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठिक नभएका वा अवैध कागजात भएको, मादक पदार्थ सेवन गरी सवारी चिलाउनेलगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो ।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा बोलेरो रहेको छन । यस अवधिमा सबैभन्दा कम भने ट्याक्टर कारबाहीमा परेका छन् ।

यसरी दुई महिनाको अवधिमा कारबाहीमा परेका ७ सय ३८ वटा बोलेरो बाट ४ लाख ८५ हजार, ६ सय ४५ वटा मोटरसाईकलबाट ५ लाख ९४ हजार,२ सय २४ वटा बसबाट १ लाख ९३ हजार ४ सय , २ सय २३ वटा ट्रकबाट १ लाख ९२ हजार र १४ वटा ट्याक्टरबाट १४ हजार गरेर १५ लाख ७८ हजार ४ सय रुपैया राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ । २ महिनाको अवधिमा ४ वटा सवारीसाधन दुर्घटना भएका छन । दुर्घटनामा कसैको मृत्यु भने नभएको प्रहरीले जनाएको छ ।

जिल्लामा ९५ स्थानमा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको छ । कार्यालयले दुर्घटना न्युनिकरण गर्नका लागी विद्यालयमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लाका विभिन्न स्थानका विद्यालय लगायतमा पुगेर सञ्चालन गरिएको सचेतना कार्यक्रममबाट १२ हजार ३ सय ३४ जना लाभान्वित भएको प्रहरी प्रमुख भट्टराईले बताउनुभयो ।
जिल्लामा सडक दुर्घटनाका घटनामा वृद्धि हुन थालेपछि विद्यालयस्तरबाट नै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।

स्कुलस्तरबाट नै विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिएर सवारी दुर्घटना न्यूनीकरण गराउने उदेश्यका साथ कार्यक्रमलाई अगाडी बढाईएको उहाँको भनाई छ ।मुख्य गरि सहरी क्षेत्रका विद्यालयका विद्यार्थिहरुलेव्यस्त सडक र राजमार्ग समेत पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकोले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनिहरुलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा गरिएको छ । विद्यार्थीहरुलाई सवारी दुर्घटना तथा बाटो क्रस गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको बताउनुभयो ।

पशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिड्नुपर्ने , नियमको पालना गनुपर्ने, सवारी चलाउदाँ ध्यान दिनुपनै जस्ता चेतनामुलक विषयको प्रशिक्षण दिईएको र विद्यालयमा सिकेका कुराहरु परिवार र समुदायमा पनि सचेतना गराउन अनुरोध गरिएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी प्रमुख भट्टराई ट्राफिक प्रहरीको जिम्मेवारी वफादारी भई ट्राफकि सचेतना कार्यक्रम संचालन,नयाँ भवनमा कार्यालय स्थान्तरण, प्रशासनिक जरिवाना र राजस्व सङ्कलनमा उल्लेख्य वृद्वि गरि ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेबापत पुरस्कृत समेत भएका छन ।

Back to top button