बैतेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

चरिकोट । दोलखाको बैतेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न भएको छ। गाउँपालिकाले चालु आर्थिक २०८०/८१ मा सम्पादन भएका बार्षिक बिकास कार्यक्रमहरुको समिक्षा तथा वित्तीय प्रगतिको सार्वजानिक सुनुवाई गरिएको थियो।कार्यक्रम वैतेश्वरगाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखा र रेडियो वैतेश्वरको सहजीकरण,वडा नम्बर-१ को व्यवस्थापन सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख जवाफदेही वक्ता गाउँपालिका अध्यक्ष अध्यक्ष छबि लामाको अध्यक्षयतामा सम्पन्न भएको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वैतेश्वर गाउँपालिकाको चालु वर्षको आयव्यय र वार्षिक प्रगति प्रतिवेदन गाउँपालिकाका प्रशासन प्रमुख रबिन्द्र चौलागाईंले प्रस्तुत गरेका थिए। पालिकाले चालु वर्ष वडा नम्बर-१ देखि ८ सम्म एक सय ७२ वटा योजना वितरण गरेकोमा ९९.४१ प्रतिशत योजना सम्पन्न भएको जनाएको छ।

बजेट अभावले वडा नम्बर-७ एउटा योजना बाहेक अन्य वडाको सत् प्रतिशत योजना सम्पन्न भएको वार्षिक प्रतिवेदन उल्लेख गरिएको छ।गाउँपालिकाले चालु आवमा सडक ३४ वटा,गोरेटो बाटो ८० वटा एक मिटर चौडाइ भएको सिडि सहितको गोरेटो निर्माण सम्पन्न गरेको छ।वैतेश्वर हालसम्म २५ किलोमीटर पक्की गोरेटो बाटो निर्माण सम्पन्न भएको छ।त्यसैगरी भवन ९ वटा ,मन्दिर तथा गुम्बा १२ वटा ,खानेपानी योजना ८ वटा, सिचाइ योजना ७ वटा र अन्य खेलमैदान,घाट निर्माण सरसफाइ तथा ढल निर्माण तर्फ ३१ वटा योजना रहेको गाउँपालिकाले जनाएको छ।त्यसैगरी गाउँपालिकाले हालसम्म ५८ वटा कानुन निर्माण गरेको छ।चालु वर्ष थप ५ वटा कानुन निर्माण गरेको छ।३ वटा ऐन निर्माण प्रक्रियामा रहेकोे जनाएको छ।

न्यायीक समिति मार्फत ५ वटा उजुरी तथा मुद्दालाई मिलाएको छ।१४ वटा उजुरी मध्ये ५ वटा प्रक्रियामा रहेको र ५ वटा अदालत पठाएको उपाध्यक्ष कल्पना उप्रेतीले बताइन्।सुशासन तर्फ वैतेश्वर गाउँपालिकाले उपलब्धि हासिल गरिरहेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले बताए।वैतेश्वरले स्थानीय तहको संस्थागत क्षमता स्वमुल्याङ्कनमा ७५.५५ प्रतिशत अंक प्राप्त गरेको छ।वित्तिय जोखिम मुल्यांकन तर्फ ६६.५ अंक र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मुल्यांकनमा ६०.३६ प्रतिशत अंक प्राप्त गर्दै दोलखा ९ पालिका मध्ये जिल्लाकै प्रथम पालिका भएको जनाइएको छ।
गाउँपालिकाको चालु वर्षको आयव्यय तर्फ ५३ करोड ९३ लाख ६२ हजार ९६ रहेकोमा हालसम्म खर्च ४५ करोड ४१ लाख ६७ हजार एक सय ३९ रुपैयाँ खर्च भैसकेको छ।गाउँपालिकामा मौजाद रहेको रकम ८ करोड ५१ लाख ९४ हजार पाँच सय ५६ रुपैयाँ रहेको र चालु वर्ष अन्तिम सम्म सबै भुक्तानी हुँदा वित्तीय प्रगति बढ्ने गाउँपालिकाले जनाएको छ्।हाल वित्तीय प्रगति ८४.२ प्रतिशत रहेको छ।
वडानम्बर-१ को वडा कार्यलयमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा बैतेश्वर गाउँपालिकाका वडा अध्यक्ष जनप्रतिनिधि, कर्मचारी, शिक्षक, गाउँपालिकाबासी, पत्रकार, नागरिक लगायतको उपस्थितीमा सार्वजानिक सुनुवाई सम्पन्न भएको हो । कार्यक्रममा बार्षिक प्रगति विवरण, नागरिकको प्रश्न र जनाप्रतिनिधिको जवाफ समावेश गरिएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जवाफ जवाफदेही वक्ताको रूपमा अध्यक्ष छबि लामा,उपाध्यक्ष कल्पना उप्रेती , प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली,वडाअध्यक्षहरु भिमबहादुर तामाङ,श्यामकुमार घिसिङ,कमल अधिकारी,कुमार चौलागाईं,भुवन घिमिरे,शान्त बहादुर जिरेल,असोक तामाङ रहेका थिए।त्यसैगरी प्रश्नकर्ता तथा सरोकारवालाको रूपमा पत्रकार महासंघ दोलखा अध्यक्ष दिपशंकर चौलागाईं,पत्रकार जिवन लामा,नवराज शिवाकोटी,प्रभु जिरेल,सुजन काफ्ले,दिलसागर केसी,गोकर्ण भण्डारी,सुबास बस्नेत, पालिकाका सम्बन्धित शाखा प्रमुख लगायत एक सय भन्दा बढीको उपस्थिति रहेको थियो।

Back to top button