
सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले घरदैलो कार्यक्रम सुरु गरेको छ।
जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा औषधि बितरणका लागि डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलि जेष्ठ नागरिको घर घरमा पुगेर घरदैलो कार्यक्रम सुरु गरेको हो।
गाउँपालिकाले आजबाट सुरु गरेको घरदैलो कार्यक्रम ५ दिनसम्म चल्ने गाउँपालिकाले जनाएको छ।
आज मात्र ४ सय २९ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिए।
प्रत्येक वडाको २/२ ठाउँमा प्यारामेडिक्क र नर्सिङ स्टाफ संलग्न दक्ष स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको मिश्रले बताए । आफ्नै घरआगनमा पाएको स्वास्थ्य उपचार पाएपछि जेष्ठ नागरिकहरु खुसी भएका छन ।