प्रचण्ड-माधव समूहले एकाबिहानै गोंगबुमा ट्याक्सीमा लगाए आगो, देखाए दानवीय रुप

काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड(माधव समूहले एकाबिहानै गोंगबुमा ट्याक्सीमा आगजनी गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार आज बिहीबार बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३९०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरिएको बताए ।

ट्याक्सीमा लागेको आगो निभाइएको भएता पनि ट्याक्सी पूर्णरुपमा क्षतीग्रस्त बनेको छ । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।

Back to top button