एमसीसीविरुद्ध नारा लगाउँदा किन झस्किए प्रचण्ड ?

काठमाडौं, २३ माघ । आफ्नो समूहले आयोजना गरेको आमहड्ताल कार्यक्रममा सहभागी हुन नेकपा ९दाहाल–नेपाल० समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाल लगायत नेता कार्यकर्ता पहिल्यैदेखि खटिएका थिए । विभिन्न नारा लगाउँदै उनीहरु सडकमा बसिरहेका थिए । दाहाल पनि त्यही हुलमा थपिए र दायाँ हातलाई तलमाथि उचाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउन थाले ।

नेकपाकै एक कार्यकर्ताले नारा लगाइरहेका थिए । दाहाल, भुसाल, रिजालसहितका नेताले कहिले जिन्दावाद र कहिले मुर्दावाद भनिरहेका थिए । उद्घोषण गरिरहेका तीन कार्यकर्ताले अर्को नारा लगाए, ‘एमसीसी चाहिँदैन ।’

एमसीसीको विरोधमा नारा लागेपछि दाहाल झस्किए र भुसाललाई अहिलेको समयमा उक्त लगाउनु ठीक नभएको संकेत गरिहाले । उनी त्यत्तिमै रोकिएनन्, आफैले नयाँ नारा पनि दिए । उनले उद्घोषकलाई इंगित गर्दै प्रतिगमनविरुद्ध जस्ता नारा लगाउन सल्लाह दिए । उद्घोषकले तत्काल त्यसलाई माने पनि ।

तर, केही समयपछि नै उद्घोषकले उही नारा दोहोरइहाले, एमसीसी चाहिँदैन । दाहाल उद्घोषकले उक्त नारा लगाउने बित्तिकै मौन बसे । त्यसपछि आफूलाई ढिलो भएको संकेत गर्दै बिदा मागेर हिँडे ।

Back to top button