चकलेटबाट बनेको बाइक बन्यो सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । भ्यालेन्टाइन डे सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको पहिलो दिन प्रपोज डे र दोस्रो दिन रोज डे रहेको छ । भ्यालेन्टाइन डेको तेस्रो दिन चकलेट डे रहेको छ । सोही अवसरमा इन्स्टाग्राममा चकलेटबाट बनेको बाइक निकै भाइरल भइरहेको छ ।

सोशल मिडियामा अमार्य नामका एक युजरले चकलेटबाट बनेको बाइक पोस्ट गरेका थिए । जसलाई उनले आफ्नो न्युजफिडमा शेयर गरेका थिए । सो भिडियोमा बाइकको पार्ट्स बनाउनको लागि चकलेटको प्रयोग गरेका थिए । उनले यसलाई धेरै रङबाट तयार पारेका थिए । सो बाइकको ह्यान्डलबार, सिलिन्डर हेड्स, इन्जिन केसिङ, हेडलाइट्स, ह्वील स्पोक्स आदि सबै चकलेटबाट बनाइएको थियो ।

उक्त भिडियो अहिलेसम्म २ करोड ५० लाख भन्दा धेरैले हेरिसकेका छन् । साथै ११ हजारले यसको बारेमा कमेन्ट गरेका छन् । उक्त भिडियो १ फेब्रुअरीमा पोस्ट गरिएको थियो । सो भिडियोको क्याप्सनमा उनले बाइकको टायर बनाउन सबैभन्दा बढी आनन्द आएको बताएका थिए ।नेपाल अटो

Back to top button